ग्रामिण विकासमा योगदान पुर्याउने उदेश्य सहित दोरम्बा फाउन्डेसन गठन
News Desk
Oct-02 , 2021 तारिख 09:36 बेलुका

 

     काठमाडौं- रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा २का सचेत युबाहरुको समुहले बिकास निर्माणका लागि युवाको सक्रिय भुमिका अबधारणा सहित गैर नाफाकारी संस्था स्थापना गरेका छ्न। शनिवार राजधानीमा सप्पन्न एक भेलाले समिति गठन गरेको हो।जेष्ठ नागरिक कर्म वाङ्गेल तामाङको सभापतित्वमा संचालित सो बैठकले युवा ब्याबसायी बिजय लामाको अध्यक्षतामा ७सदस्यीय समिति गठन गरेको छ।सो समितिमा अन्जित थिङ तामाङ ,निशान लो,डा.उज्वल थोकर,डिएन घिसिङ, निर्मला योन्जन र कर्म वाङ्गेल तामाङ रहेका छन् ।                                                  
    
चिकित्सा ,खेल,आमसन्चार,सामाजिक अभियान एवम्             व्यवसायको क्षेत्रमा पहिचान बनाईसकेका युवाहरुको समजोडले स्थानीय ,ग्रामिण भेगमा विकासको  मुल फुटाउन सहकार्य गर्ने अभिलाषा  सहित संस्था स्थापना गरिएको अध्यक्ष लामाले बताए। उनका अनुसार दोरम्बा द्वन्द्व ग्रस्त क्षेत्रका रुपमा परिचित  भएकाले पनि प्रारम्भिक चरणमा दोरम्बाका स्थानीय विकासमा  केन्द्रित हुने परिकल्पना गर्न अघि सारेको धारणा राखे।भविष्यमा देशब्यापी रुपमा शिक्षा र स्वास्थ्य  क्षेत्रमा परियोजना लक्षित गर्ने अध्यक्ष लामाले बताए।
    दोरम्बा फाउन्डेसनका सदस्य सचिव अन्जित थिङ तामाङका अनुसार युवाहरुको झुजारुपनलाई उर्जा थप्दै सामाजिक क्रियाकलाप गर्न संस्था  स्थापना गरिएको धारणा राखे।सदस्यसचिव  तामाङले स्वस्थ र शिक्षाको क्षेत्रमा परिवर्तन गर्दै विकास निर्माण कार्यमा सहयोग पुर्याउने उदेश्यका साथ संस्था गठन भएको तर्क पेश गरे।