News Desk
पहिलो अडिशन असोज २३ गते बिराटनगरमा हुनेछ भने कार्यक्रम कर्तिक 13 गते हुनेछ ।
आवर प्रोडक्सन कम्पनि र अलिमिन फेशनको सम्युक्त आयोजनामा उक्त द फेस्टिभल फेसन शोको आयोजना हुने भएको हो। स्वदेशमै उत्पादन भएका बिभिन्न स्वदेशी उत्पादन तथा स्वदेशी कपडाको बजार बिस्तार साथै सम्बर्धनका लागि यस कार्यक्रमको आयोजना हुन गैरहेको आयोजकले बताएको छ। कार्यक्रमले उत्पादनलाई स्वदेशी उपभोक्ता माझ पुराएर उपभोक्तालाई स्वदेशी ब्राण्ड कन्सियस बनाउनेमा आयोजक बिस्वस्त रहेको छ। कार्यक्रमले गर्दा बिराटनगर राजधानी सौन्दर्यताको समेत राजधानी बन्न सक्ने भन्ने कुराको समेत प्रचार देशभर हुनेमा आयोजक ढुक्क रहेको छ।
कार्यक्रममा मिस नेपाल देखि देशका चर्चित मोडेलहरुको साथमा स्थानिय मोडेलहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
स्थानिय मोडेलहरुको लागि रास्टृय स्तरका कोरियोग्राफरहरु बाट तालिमको ब्यबस्था भएपनी तालिमको कुनै पनि शुल्क नलाग्ने समेत आयोजकले बताएको छ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन रास्टृय कलाकारहरुको साङ्गितिक प्रस्तुतिका साथमा स्थनिय डान्स कलाकारको प्रस्तुती रहने छ।