News Desk
काठमाडौं- पाठ्यक्रम महाशाखा सानोठिमीले शैक्षिकसत्र ऎच्छिक बिषय अन्तर्गत कक्षा ११ र १२मा पाठ्यक्रम खेलकुद विज्ञान,स्वस्थ्य तथा शारीरिक शिक्षा बिषयमा उठेका विविध खेल प्राबिधिक बिषय सुचि र प्रयुक्त शब्द बारेमा छलफल गरेको छ।
आज सानोठिमी स्थित पाठ्यक्रम महाशाखाको सभा हलमा बिषयगत अध्यक्ष प्राडा.राम कृष्ण महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा पाठ्यक्रम महाशाखाका निर्देशक अन्न प्रसाद न्यौपाने,डा.प्रकाश प्रधान ,प्राडा.लोकेन्द्र शेरचन,खेलकर्मी एब लेखक गणेश प्रसाद भट्टराई ,मदन श्रेष्ठ ,रेनुका पाण्डे ,देब राज महर्जन र सुमन सिलवाल उपस्थित रहेका थिए।
समिक्षात्मक कार्यक्रममा पाठ्यक्रम शाखाकी अधिकृत सुमन सिलवालले स्वागत मन्तव्य राखिन भने सभामा पाठ्यक्रम महाशाखाका निर्देशक अन्न प्रसाद न्यौपानेले सरोकारित बिषयका ज्ञाताहरुले पाठ्यक्रम र पाठ्यसामग्रीमा त्रुटी रहेको औल्याएकाले सम्बन्धित बिषयका बिज्ञहरुलाई आमन्त्रण गरेर छलफल गर्नु परेको बताइन् । निर्देशक न्यौपानेका अनुसार अद्यावधि गर्दा त्रुटि भएमा महाशाखाको कार्यदले सच्याउने र अबधारणामा गलत भएको पाईएमा पुनः शिक्षा समितिमा पठाउन सकिने जानकारी गराए। पाठ्यक्रम ,पाठ्यसामग्री र शिक्षण विधिमा एकरुपता वा पद्धति अनुसार गर्न यस्ताखाले छलफलले गहन भुमिका खेल्ने पनि उनले बताए।
सोही कार्यक्रममा खेल विज्ञानका विज्ञ डा.प्रकाश प्रधानले अप्रासंगिक ढंगले विषय विज्ञताको अभावमा तयार गरिएको पुस्तकले विद्यार्थी माझ गलत शिक्षा पुग्ने चिन्ता व्यक्त गरेका थिए।डा.प्रधानका अनुसार खेलकुद मानव सभ्यतासँग जोडिएको र आधुनिक खेलकुदले समाज विकासमा टेवा पुर्याउने हुँदा पाठ्यक्रमको अध्यायमा खदिलो ज्ञान हुनुपर्ने तर्क समेत पेश गरे।
उक्त अवसरमा अर्का वक्ता प्राडा.शेरचनले पाठ्यक्रम र पाठ्यसामग्रीमा समावेश गरिएका प्राविधिक शब्दमा त्रुट्रीलाई ख्याल गर्नुपर्ने धारणा राखेका थिए। साथै प्राज्ञहरुले लक्षित ज्ञान बारे चनाखो हुनुपर्ने धारणा समेत उनले राखे।
खेलकर्मी एवम् लेखक डिएन घिसिङले उक्त छलफलका लागि शिक्षा मन्त्रालय मार्फत पाठ्यक्रम महाशाखालाई बिषयगत त्रुटि औल्याउँदै पत्राचार गरेका थिए।
खेलकर्मी घिसिङका अनुसार रचनात्मक समिक्षाका लागि गरिएको आग्रहमा प्राज्ञीक ब्यक्तित्वहरुको उपस्थितीले गुणस्तरीय शिक्षामा जोड दिने बताए।सोही अवसरमा प्राडा.राम कृष्ण महर्जनले समिक्षात्मक बैठकमा उठेका छलफल गरेका बिषय अपुग हुने भएकाले लिखित रुपमा अवधारणा सहित लिखितमा पेश गर्न आगन्तुक अतिथिहरुमा आग्रह समेत गरे । प्राडा.महर्जनले उठेका प्रासंगिक बिषय अर्थपूर्ण रहेको र छलफलले सकारात्मक दिशानिर्देश गर्ने बताए।