भ्यानमा भेटिए २८ वटा मानव खप्पर र हड्डी
News Desk
Oct-06 , 2021 तारिख 11:55 बिहान

मोरङ — २० असोज २०७८  

मोरङ , सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।  सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाट नजिकबाट बरामद गरेको मानव खप्पर, हातखुट्टाको हड्डी र भ्यान । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो ।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको उनले बताए । उनका अनुसार थप कारबाहीका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

 

( कान्तिपुर दैनिक )