इटहरीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
News Desk
Oct-07 , 2021 तारिख 11:25 बिहान

इटहरी — २१ असोज २०७८  

इटहरी , लायन्सचोक पूर्व–पश्चिम सडकखण्डमा बुधबार राति ११ बजे भएको सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पकलीका निरीक्षक प्रकाश श्रेष्ठका अनुसार इटहरी १७ लायन्सचोकदेखि पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।

मृतकहरुमा स्कुटर चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विश्वकर्मा रहेका छन् । गम्भीर घाइते दुवै जनालाई कोशी अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको शवलाई कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक चालक मकवानपुर जिल्ला हेटौंडा–९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।    

 ( कान्तिपुर दैनिक )