पर्यटन व्यवसायी संगठन नेपालको सातै प्रदेश र उत्पत्यका विशेष प्रदेश समिति गठन
News Desk
Oct-08 , 2021 तारिख 11:54 बिहान

काठमाडौं-नेकपा( एकीकृत समाजबादी) सम्बद्ध पर्यटन व्यवसायी संगठन नेपाल गठन पश्चात असोज २१ गते, होटल उडल्याण्ड, दरवार मार्गमा संगठनका अध्यक्ष क.कुमार( अन्जन) थापाको अध्यक्षतामा बसेको बैठकले कार्य विभाजन तथा प्रदेश ईन्चार्ज तोकेको छ । आ-आफ्नो कार्यक्षेत्रमा घनिभुतसँग एकताबद्ध भएर लाग्नुका साथै आर्थिक, सामाजिक र वैचारिक हिसाबबाट नेकपा(एस) लाई आउने चुनाैतीको डटेर सामना गरिने बिषयमा छलफल र निर्णय भएको सँगठनका प्रवक्ता प्रदिप पण्डितले जानकारी दिए ।

सँगठनलाई प्रदेश स्तरिय सँरचनामा लानको लागि सातै प्रदेश र उत्पत्यका विशेष प्रदेश समेत गरि ८ प्रदेश गठन गरि पर्यटन प्रबर्धनलाई राष्ट्रियब्यापी बनाउन सबै उपाध्यक्षलाई जिम्मेवारी तोकिएको पनि प्रबक्ता पण्डितले जानकारी गराए । निम्न अनुसार कार्य विभाजन गरि जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पण्डितले दिए ।

ईन्चार्जहरु कोशि प्रदेश नं, १ ईन्चार्ज : तेन्जिङ शेर्पा जनकपुर प्रदेश नं, २ ईन्चार्ज : अर्जुनलाल प्रधान बागमती प्रदेश नं, ३ ईन्चार्ज : हरिभक्त श्रेष्ठ गण्डकी प्रदेश नं, ४ ईन्चार्ज : बिरेन्द्र अधिकारी लुम्बिनी प्रदेश नं, ५ ईन्चार्ज : रामकृष्ण तिमल्सिना कर्णाली प्रदेश नं, ६ ईन्चार्ज : गणेश रिमाल सुदुर प. प्रदेश नं, ७ ईन्चार्ज : दामोदर ढकाल उपत्यका विशेष प्रदेश ईन्चार्ज : धन बहादुर गुरुङ दैनिक कार्य सम्पादन विभाग : बद्री प्रसाद तिमल्सिना संगठन विभाग : नमराज गौली अनुशासन विभाग : केशब धिताल यातायात विभाग : तिलक लोहनी संघ सश्था विभाग : उत्तम राज कार्कि प्रचार प्रसार विभाग : प्रदिप पण्डित मनोरञ्जन तथा खेलकुद : सुमन न्यौपाने प्रिन्ट तथा पब्लिकेसन विभाग : बिष्णु बराकोटी मेन्यू एण्ड भेन्यू विभाग : अच्युत गुरुङ आर्थिक विभाग प्रमुख : नबराज थापा आर्थिक विभाग उपप्रमुख : सुनिल सिलवाल उक्त निर्णय सर्बसम्मत र साैहार्दपुर्ण वातावरणमा सम्पन्न भएको नेकपा(एस) का स्थाई समिती सदस्य, पर्यटन बिभागका ईन्चार्ज मुकुन्द नेउपाने र सल्लाहाकारहरुलाई जानकारी गराउने गरि सचिवालय बैठक सम्पन्न भएको प्रबक्ता पण्डितले जानकारी दिए ।