News Desk
बर्दीया — २४ असोज २०७८
बर्दीया , जंगली हात्तीको आक्रमणबाट शनिबार राति बर्दिया राजापुर नगरपालिका—१० मा एक जनाको ज्यान गएको छ । काम गरेर घर फर्कने क्रममा ३५ वर्षीय बेचन दहितलाई कोठियाघाट पुलदेखि करिब एक किलोमिटर दक्षिणमा हात्तीले आक्रमण गरी मारेको प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए ।
राति दहित घर नर्फेपछि आइतबार बिहान खोजतलास गर्दा मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक कार्कीले बताए । नेपालसँग जोडिएको भारतीय जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको आशंका गरिएको छ ।
( कान्तिपुर दैनिक )