News Desk
सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय जनाले जाहेरी दर्ता गरेकोे छ ।
जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड पुगेको छ ।
तामाङले विभिन्न व्यक्तिहरूलाई जग्गा(घर दिने भन्दै ठगी गरेको आरोप छ । उनले केहीलाई घरजग्गा पास गराइदिने नाममा ठगी गरेको पनि खुलेको छ ।
उनीसँगै पक्राउ पर्नेमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्वा लेखा समिति सदस्य हरिहर लामिछाने छन् । केन्द्रीय अनुसन्धा ब्युरोले यसै विच ईछाराज तमाङको सम्पति समेत सिल गर्न सक्ने श्रोतले जनाएको छ । तमाङको नाममा रहेको शेयरहरु रोक्का राखिने छ भने अरु जाय जेथाहरु सिल गरेर मुद्दा किनारा नलागे सम्म राखिने छ । यो संगै तमाङले बनाएका ब्यवसायीक केन्द्रहरुमा ब्यापार गर्ने ब्यवसायिहरुमा भने अब के गर्ने भन्ने अन्यौल्ता छाएको छ ।