News Desk
भलिबल खेलमा पोसाकको अनिवार्यता र प्रयोग
डिएन घिसिङ
खेलकुद र शारीरिक सकृयता अभिन्न पाटो हुन । मनोरंजनका अलवा भरपुर ब्यायाम अबधारणाको पर्यायवाची पनि हो भलिबल खेल।स्वस्थ परिकल्पनाका साथै पहिचान र प्रतिष्ठा प्रतिबिम्बित गर्ने भलिबल खेलमा प्रतिस्पर्धी खेलाडी र निर्णायकहरुका लागि पहिचान सहितको पोसाकको अनिवार्यता रहेको हुन्छ।
पोसाक शारीरिक ब्यायामका निम्ति प्राथमिकताको बिषय पनि हो।उफ्रने र दौडने जस्ता खेल कृयामा पोसाकले निकै अर्थ राख्ने खेल विज्ञहरुको धारणा छ। यस सन्दर्भमा अमेरिकाबाट प्रकाशित एलानिक जर्नलमा तथ्यपुर्ण सोध प्रकाशित गरिएको छ। उक्त जर्नलमा खेलका दौरानमा पोसाकले पार्ने प्रभाव बारे उल्लेख गरिएको छ ।
१) पोसाकले आत्मविश्वास बढाउन मद्दत गर्ने।
खेलकुदको दौरानमा पोसाकले निकै अर्थ राख्ने गर्दछ।सहि पोसाकले विश्वास निर्माण गर्न मद्दत गर्दछ।मानसिक स्वास्थमा सहि प्रभाब पार्ने भएकाले राम्रो प्रदर्शन रहन्छ।पोसाकको सहि छनौटले स्पष्ट विजेताको असली हकदार बन्न सघाउँ पुराउछ।
२)खेल प्रदर्शनमा सुधार।
पोसाकले खेल प्रदर्शनमा सुधार गर्दछ ।सहि पोसाकमा खेलाडीको क्षमतामा अदृश्य गुणात्मक सुविधा महशुस गर्न सकिन्छ।शारीरिक लचिलोपन र तिब्रताका लागि परिमार्जित पोसाकले थप संतुलन भुमिका खेल्ने गर्दछ।
३) शारीरिक सुरक्षामा पोसाक सहजता।
खेलकुदमा ब्यायाम वा प्रतिस्पर्धा गर्दा शारीरिक चोटपटक हुने खतरा रहन्छ।सहि पोसाकले प्रतिरक्षा र खतराको न्यूनिकरण गराउँदछ । शरीरका मांसपेशिमा सहजीकरण गराउन उल्लेख्य भुमिका रहन्छ।पोसाकले संभाबित क्रियाकलाप गर्न सहजता दिलाउछ ।
४) सुविधा महशुस ।
खेलकुद क्रियाकलाप गर्दा सुविधा महशुस गर्ने प्रभावकारी
माध्यम पोसाक रहन्छ।कसरत गर्दा सहजपनाले आत्म-सचेत महशुस गराउदछ ।सहि पोसाकको प्रयोगले ध्यान एकीकृत गराउन मद्दत पुगेको हुन्छ।तसर्थ ब्यायाम वा प्रतिस्पर्धाबाट लाभ प्राप्त गर्न सकिन्छ।
५)गति सुधार्न।
शारीरिक क्रियाकलापका लागि लचिला पोसाक अनिवार्य रहन्छ।पोसाकको प्रयोगले शारीरिक स्वतन्त्रता वा चुस्त महशुस गराउदछ।प्रदर्शन वा क्रियाकलाप गर्दा खेलाडीलाई गति सुधार्न पोसाकले अर्थ राख्ने गर्दछ।
”सफलताका लागि ड्रेस” भन्ने वाक्यांश प्राय सुन्ने गरिन्छ।अझ खेलकुदको क्षेत्रमा अथवा भनौ व्यावसायिक खेलाडीको हकमा भने झन यो निकै नै महत्वपूर्ण साबित हुने गरेको छ । किनकी पोशाकले खेल करियर नै प्रभावित बनाउने गर्दछ।परिणामहरू सामान्य झै लागे पनि सकारात्मक कडिका रूपमा सहयोग साबित गर्न पोशाकले धेरै अर्थ राख्ने गरेको विभिन्न सोधहरुले प्रष्ट पारेका छन्।
सहज र भावनात्मक उर्जाका लागी पनि पोशाक धेरै अर्थपुर्ण रहने वरिष्ठ अमेरिकी खेल मनोवैज्ञानिक डा. जोन सुलिवानले आफ्ना लेखहरुमा उल्लेख गरेका छन्। उनले अगाडि भनेका छन् ‘खेलको वातावरणीय अनुकुलता र शारीरिक सहजतायुक्त विशेषता यसमा झल्कीएको हुन्छ’ ।
भलिबल खेलमा ड्रेस कोड अर्थात पोसाक बारे अन्तर्राष्ट्रिय भलिबल महासंघको स्पष्ट धारणा छ । महासंघले खेलाडी ,निर्णायक ,प्रशिक्षक र पदाधिकारीको प्रतियोगिता अबधिभर विविधता क्षेत्रधिकार साथै पहिचान र सहजीकरणका लागि पोसाकमा अनिवार्यता गरेको छ।
आफ्नोपनको शान र सौन्दर्यताको पहिचान बनाउन पोसाक उत्तिकै मद्दतगार रहन्छ।
पोसाकको विशिष्ठिकरणले भलिबल खेलमा सहभागी हुने खेलाडीको पहिचानमा समेत सहज हुने गर्दछ।जसका कारण बृहत मंचमा हुने खेल गतिविधिमा राष्ट्रियता र क्षेत्रीयता समेतको पहिचान र प्रभावकारीता दर्शाउँन पोशाकले अर्थ बोकेको हुन्छ।
विविधतायुक्त भलिबल खेलमा समेत सहजीकरणका लागी प्राविधिक प्रावधान समेतलाई मध्यनजर गरेर खेल अभियान्ताहरुले पोसाक निर्धारण गरेका छन् । वातावरणिय परिवेश र समयानुकुलता अनुरुप नियमित भलिबल,बिच भलिबल ,पार्क भलिबल र स्नो भलिबलमा खेलाडीलाई पोसाकको अनिवार्यता रहन्छ ।