News Desk
काठमाडौ,
सर्लाहीको हरिवनस्थित सम्राट होटलमा सर्लाही फेसन रनवे, २०२१ सम्पन्न भएको छ ।
ब्राईट ईभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न फेसन रनवेमा १३ पुरुष मोडल र ४ महिला मोडल सहित कुल १७ मोडलहरुले भ्यालेन्टाइन दी बुटिकले तयार पारेको आकर्षक पोशाकहरुमा आफ्नो प्रस्तुती दिएका थिए ।
मोडल तथा फेसन कोरियोग्राफर दिक्पाल कार्कीको कोरियोग्राफी रहेको उक्त रनवे मा अस्मिता श्रेष्ठ र रियान्श अधिकारी विजेता भए । विजेताको उपाधी संगै दुवैलाई एक वर्षको लागि पेजेन्ट नेपाल इन्टरनेसनलको ब्रान्ड एम्बासडरमा समेत चयन गरिएको आयोजक संस्थाका सिईओ राजन बुढाथोकीले जनाएका छन ।
त्यसैगरी रोनित श्रीवास्तव र मरिना तामाङ एक वर्षको लागि ब्राईट ईभेन्ट मेनेजमेन्टको ब्राण्ड एम्बासडरमा चयन भएका छन ।