पाठ्यक्रम विकास केन्द्रले तयार पारेको स्वास्थ्य तथा शारीरिक शिक्षा पुस्तक बारे समिक्षा
News Desk
Oct-26 , 2021 तारिख 05:14 बेलुका

भक्तपुर -पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको विद्यालय तहको अनिवार्य स्वस्थ्य तथा शारीरिक शिक्षा पाठ्यपुस्तक बारे मुल्यांकन तथा समिक्षा कार्यक्रम आयोजना भएको छ। प्राडा. रामकृष्ण महर्जनको सभापतीत्वमा भएको सो छलफल कार्यक्रम पाठ्यक्रम विकास केन्द्रकी समना पहाडीले संचालन गरेका थिईन् । बिषयगत पुस्तकमाथी बहस प्रारम्भ गर्दै पहाडीले गुणस्तरीय शिक्षाका लागि पुनः समिक्षा गर्नु परेको बताईन् ।

सोही अबसरमा विद्यालय तहको पुस्तकलाई केन्द्र बिन्दुमा राखेर प्राडा. लोकेन्द्र शेरचनले युग र भूगोल सुहाउँदो ब्याख्या हुनुपर्ने धारण राखे।समय सापेक्ष शिक्षा र शिक्षणपद्धति परिस्कृत गर्न सके दक्ष मानव तयार हुने तर्क उनले पेश गरे। अर्का वक्ता एवम् समिक्षक प्राडा.श्यामकृष्ण महर्जनले शैक्षिकसत्रमा प्रस्तुत हुने शिक्षा व्यवहारिक हुनुपर्ने धारणा राखेका थिए।उनले पुस्तकमा समेटीएका कतिपय शब्द र वाक्य फरक हुँदा पठनपाठन प्रक्रियामा समेत असर पुग्ने बताए ।

कार्यक्रममा सह प्रा.पशुपति अधिकारी ,लेखक एवम् खेलकर्मी डिएन घिसिङ शिक्षिका माधवी सापकोटा लगाएतको उपस्थिति रहेका थिए।