रामेछापको सुनापातीमा  नि:शुल्क स्वस्थ्य शिविर सम्पन्न
News Desk
Oct-30 , 2021 तारिख 07:37 बिहान

रामेछाप-सुनापाती गाउँपालिका स्थित रुपाकोटमा सुब्बा सिंह मेमोरियल फाउन्डेसनको संयोजन एवम् काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्वस्थ्य शिविर संचालन गरिएको छ। औपचारिक रुपमा सुनापाती गाउँपालिकाका वडा अध्यक्षद्वय खडग घिसिङ र कान्छा लामाले सयुक्तरुपमा उक्त शिविरको उद्घाटन गरेका थिए ।

काठमाडौ मेडिकल कलेजकका चिकित्सक र स्वस्थकर्मीको ३२सदस्यीय टोलीले संचालन गरेको सो शिविरमा २७५जनाले स्वस्थ्य परिक्षण गरि लाभ लिएको आयोजकले जानकारी दिएका छन् । वरिष्ठ चिकित्सकहरुबाट भएको परिक्षणमा हाडजोर्नी ,स्त्रीरोग ,सरुवा रोगहरुको पहिचान गर्न भिडियो एक्स रे उपकरणको सहायताको प्रयोग गरिएको थियो ।

शिविर माझ सामान्य रोगका बिरामीलाई औषधी वितरण गरेको आयोजकले जनाएको छ। शिविरमा रोगको पहिचान भएको तर उपचार विधिमा कठिनाइ भएका बिरामीलाई थप उपचारका लागि काठमाडौ मेडिकल कलेजममा स्वास्थ्य सुविधा उपलब्ध गराईने सुब्बा सिंह फाउन्डेसन जनाएको छ।

सुब्बा सिंह मेमोरियल फाउन्डेसनका अध्यक्ष ज्ञान बहादुर तामाङले स्वास्थ्य सेवाबाट बन्चित ग्रामिण भेगमा सहकार्य गर्न पाँउदा खुशी व्यक्त गरे । आगामी दिनमा पनि दुरदराजसम्म सेवा पुग्ने गरि स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा सघाउने योजना रहेको अध्यक्ष तामाङले बताए।