‘पिर’ को राप
News Desk
Apr-05 , 2022 तारिख 11:24 बिहान

-मनोज कुमार कंडेल

पिर मेटाउन उदधोष गरिएको थियो ‘जनयुद्ध’ । देश विकासको पिर, दुइछाक खान र एक आङ लाउन नसकेको पिर, परिबार छोडेर परिबार पाल्न खाडिमा भौतारिनु परेको पिर, घरजग्गा विहिन सुकुम्बासी हुनु परेको पिर, जनताविचको असमानता र अपमानको पिर यस्तै थुप्रै । जनुयुद्धको गितले पनि यस्तै पिरको अन्त्यको बखान गरेको सुनिन्थ्यो ।

हिजो स्कूल जानु, क्याम्पस पढ्नुलाई ‘बुर्जुवा शिक्षा’ घोषित गराईए, सिप सिक्नु, पेशा गर्नु आपराध ठहरिए, दुईचार पैसा कमाउनु घर खेती उधोग हुन समान्ती पुजीपती ठहरिए र जनयुद्धको बाधकको रुपमा गाँउबस्तिबाट लखेटिए ।

जनयुद्धको अन्त्यसँगै हतियार विहिन हुनपुगेका विचरा कमरेडहरुको टाउको गनेर पैसा समेत थापियो । त्यो पैसा कहाँ गयो, कस्तो रुपको थियो, के पो गरियो सायद ‘उपल्ला कमरेड’ हरुलाई थाहा होला तर न शिक्षा, न सिप, न परिबार, न सक्लो शरिर, न आफन्त, न समाज सबै गुमाएका बिचरा कमरेडहरुको दुइछाक खान र एक आङ लाउनको पिरले भौतारिएकाहरुको व्यथा पिरले उजागार गर्यो ।

आज त्यही पिरको अन्त्यको लागी जनयुद्धमा साथ दिने सारथीहरु, सहिदका परिबारहरु, युद्धबाट अपाङ्ग भएर बाँचेकाहरु अझ भनौं तिनै ‘कमरेडहरु’ को कथा बोकेको गिती कथाको पिरको रापले पिरोलिएकाछन ‘उपल्ला कमरेड’ हरु ।

तर ति ‘उपल्ला कमरेड’ हरु तिनै यौद्धा कमरेडहरुको पुरानो पिरसगै जनयुद्धले थपि दिएको थप पिरको अन्त्यको लागी मलम लगाउन पिरोलीएका भने होइन बरु ति यौद्धा कमरेडहरुको पिरको रापले ‘डाम्ने’ हो की भन्ने पिरले पिरोलिएकाछन ।

‘उपल्ला कमरेड’ लाई थाहा छ युद्धकाल भरि कमरेड भएकाहरु हिजो जस्तै आज पनि गोठाला, श्रमिक, भरिया, देह व्यपार खै के के गर्दे बाच्दैछन । अझ थप गोलीका छर्राहरु, खोकाहरु, अपाङ्गता शरिरमा बाकेर छटपटिएकाछन । नयाँ देश बनाउन साहासका साथ ज्याननै बलिदान दिन तयार मुठ्ठी उचालेका ति हातहरु आज खाडिका देशहरु बनाउन उठेकाछन, शरिर बेच्न बाध्यछन ।

‘उपल्ला कमरेड’ लाई यो पनि थाहा छ आफ्नो भएभरका सबै सम्पती पाटीलाई सुम्पेर सर्बहारा भएको धोषणा गरेका उनीहरु नब सामान्त भएकाछन । हिजो तिनै कार्यक्रर्ताहरुको लेविबाट चम्पल लगाउनेहरुका कार, महल थपिएकाछन । छोरा छोरी अमेरिका, अस्ट्रेलियामा छन । शान्तीकाल ‘उपल्ला कमरेड’ लाई स्वर्णयुग भयो भने कमरेडहरुलाई नर्क सरह ।

पिरले ‘उपल्ला कमरेड’ हरु कसरी रातारात सर्बहाराबाट आश्चर्य चकित रुपमा नब धनाढ्या भए र यौद्धा कमरेडहरु कसरी एक छाक खान, एक आङ लाउन अनि परिबार पाल्न नसक्ने भए । यत्रो आसमानता किन ? प्रश्न उठाएको छ ।

यहि प्रश्नको उत्तर नभएका ‘उपल्ला कमरेड’ हरुले बुझेकाछन अब तिनकालागी नत सहिद हुने कोहीछन न युद्ध लडि दिने । आफ्नो ऐस आरामको उपलब्धी जोगाउन अति आबश्यक छ त्यस्को लागी जसरी पनि चुनाब जित्नुछ ।

चुनाबको मुखमा सार्बजनिक भएको गिती कथा पिरले कतै आफ्नो बचेखुचेको विरासत पनि ढल्ने हो की ? यहि पिरले छटपटिएका कमरेडहरु बिभिन्न कोणबाट आफुलाई राम्रो र पिर भित्र लुकेको पिरलाई ‘वदनियत’ सावित गर्न लागेकाछन ।

पिरले परिबर्तन शासनमा भन्दा रासनमा हुनुपर्ने कुरालाई महत्व दिएकोछ । व्यवस्था जस्तो होस पहिला त जनताको अबस्थालाई सम्बोधित हुनु पर्यो । पिरले शासन प्रणालीे परिबर्तन भएकोमा पिर गरेन तर व्यवस्थाको नाम परिबर्तन भए, तन्त्र चलाउनेहरु परिबर्तन भए नत व्यवस्था चलाउनेको मनस्तिथी र संस्कृती परिबर्तन भयो न व्यवस्था परिवर्तन गर्नेहरुको हिजोको पिरनै परिबर्तन भयो यहि कुरामा पिर गरेकोछ ।

जब ‘धर्मलाई अफिम’ करार गर्ने ‘उपल्ला कमरेड’ हरु सत्तामा पुगे । प्रधानमन्त्री हुदा ‘कालो बोको’ काटियो । आज पनि सत्ता कहिले हात लाग्ला भनेर ‘गुरु’ हरुलाई भेटि लिएर जाने र दशा कटाउन ‘औठी’ लागउने ‘उपल्ला कमरेड’ हरु सत्तामा छन ।

‘उपल्ला कमरेड’ हरुलाई आज पनि जति सकिन्छ ठूला ठूला मालाहरुले स्वागत पाउदा आनन्द आउछ । कही कतै केही पाएन भने पिर्कामा सलामी चाहिन्छ । कार, कारका पछि दुई चारवटा गाडि, दश विस जना सेवक सधै चाहिन्छ । अनि भाषण सुनाउन जर्बजस्ती ल्याईएका जनताहरुलाई समानता र सर्बहाराको उत्थानको ‘बाद’ सुनाइन्छ ।

हो यहि भनाई र गराई विचको अन्तरको व्यथा हो पिर । परिबर्तन व्यवहारमा हुनु पर्यो । व्यवस्था परिबर्तन शासन चलाउने व्यक्तिको परिबर्तन होइन । शासन चलाउने प्रणालीको मात्र पनि परिबर्तन होइन । कुनै ‘तन्त्र र बाद’ आपैmले देशका विकास र जनताको जिवनस्तरको परिबर्तन गर्ने होइन । परिबर्तन गर्न व्यक्ती हो र व्यक्तिको ‘मनस्थिती र संस्कृती’ पनि व्यवस्थासगै परिबर्तन हुनु पर्यो जुन आज कहि कतै देखिदैन ।

पिरले ‘उपल्ला कमरेड’ हरुको मात्र होइन कमरेडहरुको पनि ‘संस्कृती’ परिबर्तन नभएको उजागार गरेकोछ । दशौ बर्ष युद्धमा महिला अधिकार र देहव्यपारको विरोध गरेकाहरु नै ‘देह’ खोज्न पुग्नु पनि अर्को विडम्बना हो ।

अन्तमा, पिरले शासन सत्तामा रहने व्यक्तीहरुको व्यवस्था अनुसारको संस्कृती र संस्कार परिबर्तन नहुने हो भने समाज परिबर्तन तिर होइन झन अधोगती तिर जाने कुरालाई उजागार गरेकोछ । त्यस्को बलियो प्रमाणको रुपमा ‘जनयुद्ध’ र जनयुद्धमा समाहित नेता तथा कार्यक्रर्तालाई उभ्याएकोछ । 

धेरै पढिएको