स्थानिय निर्वाचनमा प्रत्यासी उम्मेदवारको संकल्पमा सुशासन र विकास जरुरी
News Desk
Apr-11 , 2022 तारिख 04:26 बिहान

 डिएन घिसिङ

प्रजातान्त्रिक व्यवस्थाको सुन्दर रुप हो निर्वाचन। "प्रत्यक्ष लोकतन्त्र"मा निर्वाचन ब्यवस्था समुल विधि मानिन्छ।प्रत्यक्ष सहभागिताले कानून बनाउन र प्रतिनिधि छनौटमा जनता स्वयंको अभिमत निर्णायक रहन्छ। जनप्रतिनिधिले गर्ने सुशासन र विकास व्यवस्थापन अधिकार प्रयोजनका लागि अख्तियारी निर्वाचनबाट मात्र मिल्दछ। मुलुक यतिबेला स्थानीय निर्वाचनको संघारमा उभिएको छ।राजनीतिक पार्टी आफ्नो संगठन निर्माण र जनस्तरबाट जनप्रतिनिधि पहिचान गर्न क्रियाशिल रहेका छ्न।संघिय प्रणाली पछीको दोस्रो निर्वाचन यस अर्थमा पनी विशेष छ कि स्थानीय बिकास र अबधारणा जनप्रतिनिधिले गर्ने निर्णय नै निर्णायक रहन्छ।सामाजिक र आर्थिक हिसाबले पनि स्थानीय सरकारको भूमिका बढ्दै गएको छ। राज्यको निर्देशीत निर्वाचन आचार संमिता र कुल मतदाता सङ्ख्याको मतदान हिस्साले नागरिकको आकर्षण र बिकर्षणमात्रै हैन निर्वाचनको मान्यता लगाएतका बिषय समेत महत्वपूर्ण रहन्छ।विभिन्न गैरसरकारी वा कुटनैतिक परिवेक्षकले गरेका मत सर्बेक्षणको आधारलाई निष्पक्ष निर्वाचनको परिणामको रुपमा हेरिएको छ।निर्वाचन अबधिमा प्रत्येक नागरिक र उम्मेदवारको निर्भीकता ,शान्ति र सुरक्षा प्रत्याभुती जस्ता न्युनतम आधारभुतको ग्यारेण्टी राज्यले गरेको हुन्छ।

राजनीतिक दलको प्रतिनिधित्व वा स्वतन्त्र उम्मेदवारले स्थानीय निर्वाचनमा सहभागी हुँदा निर्वाचन तयारी तथा व्यवस्थापन लगाएतका आर्थिक पार्दर्शिता जस्ता बिषयमा संसदमा छलफल भएको छ। उम्मेदवारबाट अनुशासित आर्थिक पक्षको बारेमा सचेत नागरिकहरुले खबरदारी गर्दै आएका छन् । अस्वस्थ आर्थिक तथा सामाजिक बिचलनले निर्वाचनको परिणाम र त्यसपछिका जनप्रतिनिधिहरुको क्रियाकलाप अस्वभाविक हुने खतरा पनि उतिकै बड्दो छ। स्थानीय निर्वाचन नजिकीदै रहदा राजनीतिक पार्टीले तय गरेको उम्मेदवार वा आकन्क्षी स्वतन्त्र नागरिकको उम्मेदवार हकमा जनस्तरमा प्रचारत्मक अभियान आर्थिक रुपमा बोझिलो रहदा समुदाय स्तरमा मात्रै हैन मुलुकलाई दुरगामी असर पर्नेमा सचेत हुनुपर्ने देखिन्छ। मुलतःनागरिकको भोट अर्थात मतको तात्विक अर्थबोधमा समेत राजनीतिक पार्टी केन्द्रित हुनुपर्ने देखिन्छ।किनकि जनस्तरमा मतको मह्त्व र त्यसले दिने परिणामलाई सामाजिक विकाससँग जोडेर हेर्न जरुरी छ। मतको जोड र घटाउमा मात्रै केन्द्रित रहदा निर्वाचन परिणाम पछीको क्रियाकलाप सामाजिक अनुदार हुन सक्ने भय यथावत रहन्छ।

निर्वाचन विधि जति लोकतान्त्रिक रहन्छ त्यति नै राजनीतिक दल तथा नागरिकको उत्तरदायि भुमिका आवश्यक रहन्छ ।कुल मतधिकारको संख्याले गरेको पक्षविपक्ष मतबिभाजनमा आंशिक वा अधिक मतको रेखाले जनस्तरको बिश्वास झल्काएको हुन्छ।यो बिश्वब्यापी प्रजातान्त्रिक अभ्यास पनि हो।निर्वाचनमा हार वा जित परिणाम केन्द्रित रहन्छ। बिश्वमा प्रजातान्त्रिक अभ्यास गरेका अधिकांश राज्यले निर्वाचनलाई"प्रतिनिधि लोकतन्त्र"को रुपमा अर्थ्याएको छ।शासन ब्याबस्थाको पहुँच जनताको हातमा सुम्पिएको हुन्छ।नागरिकको मौलिक निर्णयले जनप्रतिनिधि एक शासक वा सेवक बनाउने सक्ने अधिकार रहन्छ। जनता र जनप्रतिनिधि समन्धको एउटा यात्रा निर्वाचन प्रणाली पनि हो। लोकतन्त्रमा स्वतन्त्रता, दिगोशान्ति, मानवअधिकार र समाज बिकासलाई एकताबद्व गरेर हेर्नु पर्दछ।

जनता सचेत भएर विवेक र न्याय पुर्ण फैसला प्रत्येक निर्वाचनमा गर्नु पर्छ।स्थानीय निर्वाचनले पहिचान मात्रै होइन समाजको विकास परिवर्तनलाई पनि आत्मसात गरेको हुन्छ। पहिचान र भूगोल बिषयगत मुद्दाले निर्वाचनमा धेरै अर्थ राख्ने गर्दछ।जनप्रतिनिधि छनौटमा नागरिकले गरेको मतका आधारमा मतदाता सहि वा गलत स्वयं भागिदार रहन्छ।त्यसकारण पनि निर्वाचनलाई न्यायीक जनस्तरको उपमा दिइएको छ।

धेरै पढिएको