बलात्कार भयावहमा प्रतिबिम्बित सामाजिक मनोविज्ञान
News Desk
May-24 , 2022 तारिख 06:11 बिहान

 डिएन घिसिङ

शारीरिक वा मानसिक तबरबाट इच्छा बिपरित स्त्री वा पुरुषलाई बलपूर्वक शारीरिक क्रियाकलापमा सरिक गरिने गतिविधिलाई कानुनी वा सामाजिक रूपमा बलात्कारको रूपमा ब्याख्या हुँदै आइरहेको छ। पुरुष भन्दा महिला शारीरिक रुपमा निर्बल हुने भएकाले जबर्जस्ति करणी अर्थात बलात्कार घटनामा पुरुष यौनजन्य गतिविधिमा एकपक्षीय हाबी हुने तर्क स्थापीत छ। व्यक्तिगत सोच , पारिवारिक पृष्ठभुमिले जैविक गुण र मानसिक धारणामा प्रभावित हुँदा बलात्कारका घटना हुने विभिन्न सोधहरुले पुष्टि गरेका छन।

टाइम्स अफ इन्डियामा दिल्ली विश्वविद्यालयकी कानून संकायकी प्रोफेसर नारीवादी लेखिका डा. वागेश्वरी देसवालले कम्जोर मानसिकताका पुरुषहरूले आफ्नो यौन मुठभेडलाई घमण्ड गर्न दुस्साहस प्रयासको रुपमा चित्रण गरेकी छन् । उनले स्तम्भमा बलात्कार अपराध भएको दर्शाउदै भनेकी छिन् चर्चित पुरुषले आफ्नो स्टारडमको दुरुपयोग गर्दै अपेक्षित महिलाहरुलाई ओछ्यानमा मारिरहेका हुन्छन् जो जिबनसङ्गीनी बाहेकका अन्य महिलाहरु पर्ने गर्दछन। नियन्त्रण र शक्ति जोड्ने आवश्यकताको बारेमा कल्पना गरेर यौनजन्य गतिविधिमा महिलाहरूलाई संलग्न गराउने तर्क डा.देसवालले गरेकी छिन् ।लोकप्रियताको खोलमा नार्सिसिस्ट प्रवृत्तिका सेलिब्रेटीहरू आफैलाई देवता तुल्य ठान्ने र महिलाहरुलाई प्यास मेटाउने साधनको रुपमा हेर्ने हुँदा बलात्कार हुने तर्क उनले गरेकी छन। बलात्कारमा संलग्न अधिकांश व्यक्ति परिवारका सदस्य,आफन्त र चिनेजानेहरू नै हुने गरेका छन्। विशेष गरी,बलात्कारीले कसरी फरक दृष्टिकोण राख्दछ भन्ने बिषय चुनौतीपूर्ण छ।तसर्थ, बलात्कारका विभिन्न रूपहरूसँग कसरी सम्बन्धित छन् भन्ने कुराले समेत प्रभाव पर्ने र त्यसपछिका सामाजिक अवस्थाले निर्धारण गर्दछ।बलात्कारको ध्याय यौन अभिव्यक्ति हो र यसमा यौन सन्तुष्टिलाई आक्रामकतामा पुर्याउन परम्परागत पुरुषको यौन महत्त्वपूर्ण भुमिका खेल्ने अन्तर्राष्ट्रिय सोधले खुलाएको छ ।

बलात्कार मानसिकता यौन आचरण सम्बन्धी एक संज्ञानात्मक विकृति हो जसमा अधिकार र विशेषाधिकार उल्टो हुन्छ। नैतिक सोचमा कम्जोर अवस्थामा रहन्छ,सहमति बेगर मुलतःआश्वासमा गरिने यौन गतिविधि नै बलात्कारको परिभाषा भित्र पर्ने गर्दछ। बलत्कारको मुख्य प्रेरणा शक्ति, हिंसा, बदला र क्रोध समावेश गरी आक्रामकता रहेको देखिन्छ।भौगोलिक अवस्था राजनीतिक व्यवस्था र सामाजिक मान्यताले बालिका, शारीरिक अपांगता भएका महिला, शिक्षाबाट बिमुख महिलाहरु बलात्कारजन्य घटनाबाट बढी प्रभावित हुने गर्दछन् । बलत्कृत महिलामा देखिने लक्षण सबैभन्दा सामान्य प्रारम्भिक प्रतिक्रिया झटका हो।

बलात्कार पीडितहरूले सुन्न र अविश्वासको अनुभव गर्छन्।तिनीहरू स्तब्ध वा चकित देखिन सक्छन् । जसको कारण अनौठो अभिव्यक्ती दिने मनोबिज्ञानबाट ग्रस्त हुन्छन् ।उनीहरुले सामाजिक रुपबाट असुरक्षित महसुस गर्दछन् ।धार्मिक र सांस्कृतीक मान्यताले पनि बलात्कारका घटना सार्बजनिक नहुँदा पीडित थप समस्यामा पर्ने गर्दछन् ।यसले पनि के बुझाउँदछ भने न्यायको पहुँचमा बलात्कारीकै हात रहने खतराबाट पीडित शिकार भएका हुन्छन् ।

सामाजिक र सांस्कृतीक अवस्थामा पुरुष र महिला बिच उत्साही सहमतिको संस्कृति सिर्जना विकास गर्दा बलात्कारका घटना निस्तेज गर्न सकिन्छ। पुरुषत्वलाई पुन: परिभाषित गरेर भाबनात्मक बिकासको परिकल्पना र सिर्जना गर्न जरुरी रहन्छ।साथै शून्य सहनशीलतामा विकास गरेर बलात्कार संस्कृतिको बारेमा बुझाइलाई फराकिलो बनाउन सकेमा बलात्कारका घटना र यसबाट हुने गम्भीर अपराधलाई समाजबाट एक हदसम्म धकेल्न सघाउ पुर्याउन सकिन्छ ।

एक अन्तर्क्रियात्मक दृष्टिकोणले पनि बलात्कार संस्कृतिको इतिहास बुझ्न जरुरी रहन्छ।पुरुष प्रधान समाजमा संभ्रान्त परिवारको सोखमा नारी प्रतिको धारणाले पनि बलात्कारको अवस्था र परिस्थिति निर्माण गरेको बुझिन्छ।पूर्वीय संस्कृती होस् वा पश्चिमा सभ्यताको समाज विकास, यी भिन्न फरक आकर्षणले पनि पुरुष र नारीबिचको सम्मान र भाव तालमेल नहुँदा बलात्कारको संस्कृती मौलाएको देखिन्छ। आधुनिक समाजले दाम्पत्य जीवनमा समेत बेमेल हुँदा यौनजन्य हिँसालाई बलात्कारको रुपमा परिभाषीत गरेको छ।यसले महिलाप्रती मैत्री र उच्च भावको सम्मान बोध पनि गरेको छ।

बलात्कारको विषयमा बढ्दो चासोका बाबजुद पनि यो समस्या विवादित नै छ।कानुनी तथा सामाजिक रूपमा व्याख्या फरकफरक रुपमा गरिदै आइरहेको छ।अन्तर्राष्ट्रिय जगतमा प्रत्येक राष्ट्रले बलात्कार सम्बन्धि कानुन गम्भीर जघन्य अपराधको रुपमा लिएको छ।सामाजिक मुल्य कायम गराउन कानुनी राज्यले मात्रै बहन गर्न कठिन हुन्छ। सुव्यवस्थित राज्यको आधार नैतिक शिक्षा हो।आजको युगमा प्रशासनिक ड्न्डा भन्दा पनि नैतिक शिक्षाको पद्धतिमा विकास गर्न सकेमा मात्रै समुन्न्त समाजको कल्पना गर्न सकिन्छ।

धेरै पढिएको