ओली कमरेड !आत्मसन्तुष्ठीमा रमाउँनु भन्दा कार्यकर्ताको चेतनाको स्तर उठाउने ......गर्नुहोस
News Desk
Oct-12 , 2021 तारिख 07:11 बिहान

बिषय र सन्दर्भ अलि पुरानो हो , तर मनमा खस- खस लागिरह्यो । बिषय तथ्यपरक र यथार्थको धरातलमा थिएन। अनि, झसक्क एउटा गित याद आयो-"बोलाै भने तिम्रो प्रितको पाप लाग्ने डर, नबाेलाै त तिम्रो प्रितको बात लाग्ने डर "।

जम्मा:१२०० मान्छे अटाउनी शभाहलबाट ऐलान भो "- ओलीबाट"हामी ७७ ओटै जिल्लाबाट चुनाबमा बहुमत ल्याउछाै। यदि, यसो हो भने काठमाडौं  ५ न क्षेत्रका भारदारहरुलाई जिताउन सक्छाै " ? के उनिहरुका  बिगतका जितमा हाम्राका योगदान थिएन। भन्न के खोजेको? के च्यालेन्ज नै गरेको हो त?म यो क्षेत्रका तत्कालीन नेताहरुलाई सम्हालीन र सम्हाल्न अनुरोध गर्दछु।  अबको आउदाे चुनाब असत्यमाथीको सत्यको बिजयको सँखघोष हुनेछ। आउदाै सँघीय चुनाबमा हामी हाम्रो ओैचित्यको थप पुष्ठी गर्नेछाै ।

ज्ञानले मानिसलाई सहनसिल र जिम्मेवारी  बनाउँछ, अज्ञानले मानीसलाई कुन्ठीत र कुलङ्घारी बनाउँछ। आफ्नो कुर्सी गयो, प्रदेशहरु धमाधम गए र जादैछन। अज्ञानीको बुद्धि  पिठ पछाडि हुन्छ भनेको सायद बुडा- पाकाले यहि होला। धन्य छ , तिम्रो अध्यक्षताको लिला अपरम्पार । अझै के के गुमाउनु पर्छ, समयले दिग्दर्शन गर्ने छ। हाम्रो त नयाँ पार्टी सके जित्ने नभए हराउनी नै हो! हिन्दीमा एउटा कहावत छ" नाङ्गा नाचे हजार दाँउ" जब पाउनु केही छैन, गुमाउनुको के को डर?

राजनितीमा बदला भन्दा सम्बादको महत्वपुर्ण भुमीका रहन्छ, कमजोर पक्षलाई  तहलगाएर , साईजमा राखेर  वा नेस्तानाबुद गरेर म अगाडी बडछु भन्नेहरुका ईतिहासहरु लज्जास्पद भएका धेरै उदारणहरु छन । साथै, यो भन्दा मलाई थोरै  ओली कमरेडको विश्लेषण गर्न जरुरी लाग्यो।

 २०७८ साल भाद्र:३१ गते सभागृहमा भएको एमाले पार्टीको माहानगरको  भेलाको बारेमा थोरै टिप्पणी गर्न चाहन्छु ।

नेपाल अधिराज्यमा ७७ जिल्लाको कुनै पनि वडाबाट माधब कुमार नेपाल पक्षको नेकपा( एकीकृत समाजबादी ) ले अध्यक्ष त परको कुरा हो सदस्य पनि नजित्ने एमालेका अध्यक्षले बिगुल फुक्नु भो। जम्मा १२०० अटने कार्यकर्ता भेला राखेर ७७ वटा नै जिल्लामा बहुमत दिलाउनी विश्लेषण सही होला त? के राज्यको एकल ठेकदार हुन ओली? मलाई के लाग्छ भने डर र त्रासको हुटहुटीले गर्दा ईनलाई बरबराउनी रोग लाग्न त सुरु भएन? किन यस्तो सस्तो दम्भ? किन अझै पागल घोडामा चडेको नसा नउत्रिएको हो? अब्यबहारीक तर्क र दम्भले एमालेबाट बिद्रोह भएर नयाँ पार्टी भर्खर खोलीएको छ। यो पार्टिको बिषयमा भबिष्यबाणी गरेर ज्वतीष बन्न खोज्नु भन्दा , आफ्नै भबिष्य सुनिस्चित गरे त कुरै सकियो नी। ओलीका बेतुकका भाषण र उखान टुक्काबाट जनता दुखी भएको कुरा किन ओलीका प्यारा हनुमानहरुले भन्ने हिम्मत गर्न सक्दैनन् ।

यिनले कलान्तरमा राजनितीक भबिष्य उज्जलमात्र होईन देशका होनोहार नक्षेत्रहरुलाई न घरका न घाटका बनाउनी निस्चित नै छ। ती १० जना नेताहरु जस्लाई मध्यम मार्गी भन्ने गर्छन , उनिहरुको हरेक भेलामा हुर्मत लिने कोसिस गरिरहेका हुन्छन , ओली।  कहिले हरियो घाँसको हरियो सर्प भन्छन, कहिले पिलो निचोरेर फालियो खिल निकाल्न बाँकी छ भन्छन। यसरी , तेजबोध गरिएपछि ती नेताहरुका आत्माबिस्वासको दिन- दहाडै बलात्कार भएको मान्न मिल्दैन र?जनताले मध्यमार्गीलाई नि बुजेका छन, यस्का उपजलाई पनि बुजेका छन। 

आसन्न चुनाब र नियती:

यत्रो दम्भ बोकेका अरुलाई मान्छेमा गन्नै मन नलाग्ने भष्मासुरको झै व्यवहार गर्नेलाई के बुज्नु जरुरी छ भने के ओली कमरेडले ५ न. क्षेत्रका माहासचीबलाई निर्बाचनमा जित दिलाउन सक्छन ? के महासचिब पोखरेल पनि त्यस्तै पागल घोडामा त सवार छैनन? हिजोआज उनका भाषण सुन्दा ब्लड प्रेसरको रोग सरिसकेको भान हुन्छ। नजिकका ४-५ जना काखमा राखेर चुनाब जिताैला भनेर कसरी सोच्न सकेका होलान? माहासचीब जस्तो पदमा भएका मान्छे , ओलीको दरबारमा द्दारपाल जतिको पनि हैसियत राख्दैनन् , यस्तो जनताको विश्लेषण हो । पोखरेल लगभग साडे ३ बर्ष उप- प्रधानमन्त्री भए , बल्ल- बल्ल कालो अनुहार बनाएर पाएको रक्षामन्त्री पनि ३ बर्ष पूरा हुदाँ- नहुदै बिना बिभागीय मन्त्री बनाईए ! फेरीपनि पोखरेलमा चुईक्कसम्म बोल्ने सहास रहेन। यो क्रियाकलापले त  जनतालाई उनी प्रत्रिको प्रशासनीक अनुभब र अधिकार माग्न सक्नी लिडरसिपको कमि त देखियो- देखियो। पोखरेलबाट उनैका क्षेत्र न:५ का जनताकालागी कहि कतै सहयोग- सद्भाव र अपेक्षा गर्निसम्मको ठाउँ पोखरेलले राख्न सकेनन् ।

स्वास्थमाथी ओम्नी र पानी ट्याँकी कान्ड:

पानी ट्याँकीको अवसेष अझै बाकी नै छ, हामीले घर- घरमा गएर होईन र हुनैसक्दैन भन्ने कथा त कति बुनिुयो । तर, ओम्नी कान्डले जनतालाई हिजो हामीले भनेका अडान खोक्रो त होईन भन्ने सँका जगायो। ओम्नीका गतिबिधीले त हामी जनता खत्तम नै छाै कि के हो भन्ने आसँङ्का  जगायो र अहिले ५ न क्षेत्रका ६०% प्रत्रिसत जनता पोखरेललाई नजिताउने पक्षमा छन। गोप्य सुचना छ,  एमाले पार्टीकै जिल्ला र प्रदेश कमिटिमा रहेकाहरु पनि पोखरेल ठिक होईनन, जिताउन हुदैन भन्ने सुन्दैछु र एमाले भित्रै पोखरेललाई अन्तरघात हुने निश्चित छ। आसन्न चुनाब पछि पोखरेललाई दोस्रो बामदेब गाैतम ओलीले बनाउनी करिब- करिब पक्कै छ। पोखरेलको अध्यक्षको दाबी र एकपटक प्रधानमन्त्री हुनी रहर नै बहुत घातक हुने निस्चित छ। ओलीले आफ्नो बाटामा आउनी हरेक हडल र तगाराहरुहरु  पन्छाउँनेछन नभए सिध्याउँछन।आउँदो १४ महिना पछि, सँघको चुनाबबाट स्पष्ट देखिने छ। अनि , राजनितीमा न महाअधिबेसनमा उनलाई केही होला र हुन देलान न जनताले आम चुनाबमा अनि पोखरेलको राजनिती ईती श्री स्वाहाँ ।

दुई पटकको भब्य लगालगी हार पछी जीताउनुको अर्थ र कार्यकर्तालाई गरिएको कमिटमेन्टको भारी सुर्य थापाले बोक्न सक्छ?

यश ५ न क्षेत्रमा अब लगतै चुनाब जितिने कल्पना गर्नु भनेको "आकासको फल , आखाँ तरि मर भन्नु जस्तै हो"। ०७४ सालको चुनाबमा माओबादी सँग पार्टी एकता र नरहरी आचार्यको स्वास्थ्य स्तिथी असहज र नामै नसुनेका र जस्तापाता काण्डका भाई हुनुको कारणले करीब ९८६० मतको फरकले चुनाब जितेका पोखरेलले यसपालीको चुनाबको नतिजा कन्त बिजोग हुने निश्चित छ। करीब माओबादीले ५ न क्षेत्रमा ५००० मतलाई प्रभाब पार्न सक्छन र काङ्गेस, माओबादी र नेकपा( एकीकृत समाजबादी) मिलेर चुनाब लडिए , पोखरेलको हालत के होला? यस्ता गम्भीर बिषयको विश्लेषण गर्न छोडेर ओली १२०० को फोेैज जम्मा गरेर दम्भको भरपुर प्रदर्शनी गर्नमा खुसी र उत्साहित हुन्छन। अनि, पोखरेल पनि त्यस्कै कपिमा रमाउनी नाटक गर्छन। 

नेताहरु उदेस्य बिहिन र कमाउँ धन्दामा, बिकास- भिजनले भएको होईन , क्यालन्डरे हो जस लिने होडबाजी बेकार हो।

आमसर्बसाधरण जनतामा भन्दा नेताहरुमा चेतना शुन्यको अवस्था , नेताको प्राथमीकता प्रथम टिकट पाउँनु, दोस्रो चुनाब जित्नु, तेस्रो भष्ट्राचार गर्नु , चाैथो हर- हालतमा मन्त्री बन्नु र बडि भन्दा बडि राज्यको सम्पती दोहन गरि आलिसान घर बनाउनु, महँगो गाडी चडनु , श्रीमती र भाईभारदारलाई पिए र सिए बनाउँनु , जिन्दगीभर पार्टीमा लाग्ने ईमान्दार कार्यकर्ताहरुले कतै माैका नपाउँनु, चाकरी र चाप्लुसीको बजार हराभरा हुनु यो बिक्रित्री रहेसम्म खै जनताले राजनितीबाट परिबर्तनको आसा गर्नु बेकार नै हो। फेरी, अन्त्यमा। यो बनिरहेका सडक- रोड घरहरु र विभिन्न भाैतिक सँरचना क्यालेन्डरबाट भएका बिकाश हुन, यो बिकास कुनै नेताको भिजनबाट भएको होईन। जनतालाई उल्लु र बेबकुफ नसोच्दा राम्रो होला ।

राजनितीमा सर्बपक्षलाई सम्मान गर्न जान्नु पर्छ, गाली- गलोज गरेर वाही- वाहीको ताली पिटाएर " बिहारमा बँदरीयाको नाचँमा" थपडि बजाएर लिएको  जस्तो आत्मसन्तुष्ठीमा रमाउँनु भन्दा ओली कमरेड कार्यकर्ताको चेतनाको स्तर उठाउने दुस्साहस गर्नुहोस, यसो गरे पार्टी सफलताको बाटोमा , सत्यको बाटोमा र ईमान्दारीताको बाटोमा अघि बडने छ ।

बिजया दशमी,शुभ दीपावली,नेपाल सम्बत, छठ, ईद , ल्होसार को हार्दिक मंगलमय शुभकामना !

 

(लेखक हरी भक्त श्रेष्ठ नेकपा( एकीकृत समाजबादी) काठमाडौं जिल्ला कमिटिक सदस्यका साथै ,प्रदेस " क"  ५ न क्षेत्रको ईन्चार्ज । पर्यटन ब्यबासयी सँगठन नेपालका ( उपाध्यक्ष) र बाग्मती प्रदेशका ईन्चार्ज हुन )