News Desk
खेलकुद मुलतःशारीरिक क्षमता र सीपहरूको प्रयोगात्मक क्रियाकलाप हो।खेलकुदका ज्ञान एवम् विज्ञानले व्यक्ति,समाज र राष्ट्रलाई सर्व स्विकार्य बिषय बनाएको छ।खेलकुदले शारीरिक सन्तुलन मात्र होइन समाजिक उतरदायित्वलाई समेत वहन गर्दछ।दक्ष जनशक्ती तयार पार्न समय सापेक्ष,यथार्थपरक र सान्दर्भिक खेल शिक्षाको अपरीहार्य राष्ट्रको अनिवार्यता जस्तै भएको छ। खेल क्षेत्र विशेषतःसामाजिक विकासको उपज हो । जुन पारिवारिक जीवन,शिक्षा,पहिचान,राज्यको नीति, वस्तुगत स्थिति र अर्थव्यवस्थाका प्रक्रियाहरूमा संलग्न हुन्छ। खेल शिक्षाले मष्तिस्क र एकाग्रतामा सतर्कता ल्याउँछ,किनभने त्यो कुनै पनि शारीरिक क्रियाकलापको एउटा अनिवार्य र महत्वपूर्ण हिस्सा हो।यसैको परिणामतः एकजना व्यक्तिको प्रतिक्रियाले उसको परिवार र समाज परिवर्तनमा भूमिका खेलेको हुन्छ । सबै संस्कृतिका मानिसहरु सधैं चञ्चल शारीरिक गतिविधिहरुमा संलग्न रहेको र आफ्नो दैनिक दिनचर्या सामुहिक अनुष्ठानहरुको एउटा महत्वपूर्ण हिस्साको रूपमा प्रयोगमा रहेको तथ्यको आधारमा खेललाई समाजशास्त्रसँग जोडिएर हेरिएको छ।समाजशास्त्रले खेलकुदलाई शिक्षामूलक र समाजलाई मूल्यवान बनाउन सहयोग पुर्याउछ।अझ भनौ सामाजिक मूल्य र स्वस्थ सम्बन्धको महत्व सिकाउँछ ।
सामान्यतया खेलले व्यक्तिको चरित्र,सम्बन्ध,विचार र भावनाहरूलाई मात्र हैन संस्कृती र सामाजिकरण गर्ने कुरामा समेत महत्व बोक्ने गर्दछ।आधुनिक खेल गतिविधिले अन्तरदेशिय सु-सम्बन्ध स्थापित गर्न र संस्कार- संस्कृती अदली बदली गर्नमा भूमिका खेल्ने गरेको पाईन्छ । सामाजिकीकरण एक त्यस्तो प्रक्रिया हो जसबाट व्यक्ति परिचित हुन्छ र सामाजिक संसारको पारस्परिक सम्बन्धहरूमा आफूलाई ढाल्ने वा भनौ अनुकूल तुल्याउने गर्दछ। खेल क्रियाकलापले राष्ट्रको आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने गर्दछ।पर्यटन व्यवसाय र खेलकुद क्षेत्रको महत्वपूर्ण सम्बन्ध छ।किनभने खेलकुद महोत्सब वा प्रतियोगिताले पर्यटन क्षेत्रको प्रवर्दन गर्दछ।समाजमा खेलकुदले सामाजिक र आर्थिक मुद्दाहरूमा राम्रो प्रभाव पारेर राष्ट्रियताको जगेर्ना गर्ने र देशलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न मद्दत पुर्याउछ। राज्यले प्राविधिक एवम् व्यवसायिक शिक्षाको विशिष्ठतामा केन्द्रकृत गरेको झन्डै ७दशकको इतिहास छ।यो कालखण्डमा समय सापेक्ष राजनीतिक आमूल परिवर्तनसँगै प्राविधिक एवम् व्यवसायिक शिक्षामा केहि नीतिगत सुधार मात्र भएको पाइन्छ।
व्यवसायिकताको उच्च मुल्यांकन अभावमा प्राविधिक तथा व्यवसायिक शिक्षा औपचारिकतामा सिमित हुने अवस्थामा शैक्षिक क्षेत्र गुज्रिरहेको छ। शिक्षालाई वैज्ञानिक, व्यवसायिक,जनमुखी , सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हित अनुकुलको जनशक्ति तयारी गर्ने उदेश्य अनुरुप प्राविधिक तथा व्यवसायिक शिक्षा धारको रुपमा अर्थ्याएको छ।सैद्धान्तिक पक्षका अलवा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रयोगात्मक विधिलाई कार्यमुलक व्यवहारिक ज्ञान र सिपमुलक माध्यमबाट दक्ष जनशक्तिको शैक्षिक उत्पादनको विशिष्ठ थलो हो। प्राविधिक तथा व्यवसायिक शिक्षा धारमा खेल विज्ञान शिक्षा आजको आवश्यकता हो।ब्यक्ति ,समाज र राष्ट्रको पहिचानको खेल क्रियाकलापले दिलाउछ ।आधुनिक समाजको अन्तरघुलन र युगसुहाउदो परिवेशमा खेलकुद शिक्षा प्राथमिकतामा राख्न सकेमा व्यवसायिक शिक्षाले दक्ष नागरिक उत्पादन गर्ने कुरामा दुई मत रहदैन। खेल विज्ञान शिक्षालाई प्राविधिक तथा व्यवसायिक धारको बिषयगत सैद्धान्तिक र प्रयोगात्मक सिपको संयोजन सहित खेल विज्ञान पाठ्यक्रम अवधारणाको विकास र बिस्तार गर्न जरुरी देखिन्छ।शैक्षिक तहगत प्राथमिक ,निम्न माध्यमिक, माध्यमिक बिद्यालय र उच्च माध्यमिक बिद्यालयमा अनिवार्य बिषयले ब्यक्तिको सर्बाङगीण एवम् समाज र राष्ट्रको गुणस्तरीय शिक्षा पद्धतिको विकास गराउन सकिन्छ।
शारीरिक र मानसिक तन्दुरुस्तीको विकास साथै दिगो तथा समृद्धताका लागि खेल विज्ञानको पाठ्यक्रम तयार गरि त्यस अनुरुप शैक्षणिक बिधिलाई सैद्धान्तिक र व्यवहारिक जनशक्ती तयार गर्नु प्राथमिक कार्ययोजना रहन्छ।सैद्धान्तिक र प्रयोगात्मक दुबै पक्षको एकीकृत संयोजन खेल विज्ञानको विशेषता हो। गतिशील समाजको स्थापना गर्न जीवनोपयोगी र गुणात्मक शिक्षाको अपरिहार्यसँगै गुणस्तरीय शिक्षाको विकास तथा विस्तारमा पहल गर्नुपर्ने देखिन्छ।शिक्षालाई विकासको संवाहक बनाउने दृष्टिकोणले सबैलाई आधारभूत खेल शिक्षा उपलव्ध गराउने परिस्कृत नीति आवश्यक्ता छ। पाठ्यक्रम विकासको औचित्य ,पाठ्यक्रममा रहेका मुख्य विशेषता स्वरुप ,बिषयगत बिशिस्टपनलाई कार्य तत्परतामा कृयात्मक स्वरुप निर्धारण गर्न सकिन्छ।तहगत बिषय बस्तुको क्षेत्र र क्रम ,सिकाई सहजीकरणमा समय सापेक्ष शिक्षणकृयाको लागी जनशक्ति तयार गर्ने कार्यले गुणस्तरीय शिक्षाको विकास गर्न सकिन्छ।