भलिबल खेलको सैद्धान्तिक र ऎतिहासिक सन्दर्भ
News Desk
Jan-12 , 2021 तारिख 12:51 बेलुका

 

डिएन घिसिङ

"भलि" र "बल" दुई शब्दहरूको संयोजनबाट भलिबल शब्द निर्माण भएको हो।भलिबल दुई समुहबीच खेलिने एक लोकप्रिय खेल हो।यस खेल निश्चित मैदानमा खेलिन्छ।दुई समुह बिचलाई मैदानको मध्यभागमा बार जालले बिभाजन गरेको हुन्छ।हावा रहित बललाई भुइँमा खस्न नदिई एकै समुहका सदस्य बीच तालमेल गरेर विपक्षी समुहको खेल रक्षण क्षेत्रभित्र बल अवतरण गराउनु यस खेलको मुल सैद्धान्तिक पक्ष हो।अंकभार प्राप्तीका लागि विपक्षी टिमको उचित स्थानमा बल फ्याक्दै हरेक समुहका सदस्य खेलाडीले कौशल प्रयास जारी राखेका हुन्छन।यस खेलको अर्को सुन्दर पक्षमा विपक्षी समुहको मैदान भित्र बललाई अवतरण गराउन बल र बुद्धीको कलात्मक प्रस्तुतीलाई लिने गरिन्छ।त्यसो त,यस खेललाई रणनीतिक कौशलता र मनोरञ्जनात्मकताको कसीबाट हेर्ने गरिन्छ ।समुहमा सदस्यहरु जोडिने भएकाले सामुहिक भावना यस खेलको मुल मर्म हो। हलभित्र वा खुल्ला हावामा पनि खेल्न सकिने र अधिक गुणात्मक संख्यामा खेलाडीहरूले भाग लिन सकुन भनेर वातावरणलाई प्रमुखताका साथ हेरिएको छ।बललाई हावाको माध्यमबाट निश्चित आकार प्रदान गरिन्छ।बलको आकार गोलो,बाहिरी भागमा छाला वा सेन्थेटिकले बनेको तथा वा तेस्तै पदार्थले बनेको ब्लाडर हुन्छ।अन्य बलको तुलनामा भलिबलको बनावट करिब-करिब मिल्दो जुल्दो देखिएता पनि हुबहु समानता हुँदैन।अर्थात भलिबलअन्य बलको तुलनामा तौल र आकारमा भिन्न हुन्छ।रबरको आन्तरिक ट्यूबको साथ एउटा निश्चित परिधिको बनावट प्रयुक्त रहन्छ,भलिबल।बल एकै प्रकारको उज्यालो रंग वा मिश्रित रंगको हुन्छ।जालमा ठोक्काउनु भन्ने अर्थबोधका साथ भलिबल शब्दको प्रादुर्भाव भएको देखिन्छ।भलिबल खेलमा समावेशीकरण, विश्वसनीयता, सहकार्यता र समानताको सिद्धान्तको पालनामा जोड दिने गरेको पाईन्छ।

भलिबल:दुई टोलीहरूद्वारा खेलिने भएकाले सामान्यतया एक पक्षले आफ्ना समुहका बीचमा बढीमा ३पटक एक-आपसमा खेल्न र रचनात्मक तयारी गर्न सक्छन।प्रतिद्वन्दी माथि प्रहार गर्दा बार जालको माथिबाट निश्चित क्षेत्रमा बल खसाल्नुपर्ने हुन्छ।प्रतिरक्षाको लागी विपक्षी समूहले तत्परता वा छेक्ने प्रयास गरेका हुन्छ। बल छेक्दा वा फाल्दा कुनै पक्षले हातले बार जालमा छुन वा तान्न पाइदैन। भलिबल खेलको प्रतियोगिता अवधीका लागी नियमन गर्न एक निर्णायक समुह खडा गरिएको हुन्छ।जसको उदेश्य निस्पक्ष दृश्य अवलोकन गर्दै स्तरियता कायम गराउनु रहन्छ।अनुशासन,ब्यक्तिगत क्षमता ,समुहको भावना लगायतलाई ध्यानमा राखी खेलको नतिजा निर्धारण गरिन्छ । भलिबल खेललाई गतिशील बनाउन मुख्यतःप्राविधिक पक्षको महत्वपूर्ण हात रहन्छ।प्राविधिक पक्षको गहिरो ज्ञान वा सुझबुझपूर्ण व्यवहारले भलिबल खेल गतिविधिलाई विवादरहित र रचनात्मक बनाउन टेवा पुर्याराखेको हुन्छ।यसले खेल कौशललाई प्रबर्द्धन गर्न पनि अहम भुमिका निभाएको हुन्छ। यसर्थ, सम्बन्ध र मार्गमा भिन्नता भएता पनि खेलाडी,प्रशिक्षक र निर्णायकको भुमिकाको अवस्थालाई खेलको भावना र मान्यतासँग जोडेर हेरिने गरिन्छ।परिधिमा नियमन वा सूत्रधार हरेक खेलको पहिचान हो।जसले मौलिकता र आधुनिकता अनुरुप आ-आफ्नो खेलको परिचायक बोकेको हुन्छ।भलिबल खेलमा खेलाडीले प्रत्यक्ष र परोक्ष तबरले सहभागीता जनाउने वा संग्लग्न रहने हुदाँ भावनात्मक रुपमा मनोरञ्जन,सुखानुभुती वा दु:खबोध गराएका हुन्छन्।आधुनिक खेल संचालकले भलिबल खेलको बौद्धिक सम्पत्तिलाई उपकरण मार्फत परिणाममुखी बनाउन हैंसे थपेको छ।जसले सामाजिक र आर्थिक महत्व बोक्ने गरेको पाईन्छ । भलिबल खेल मार्फत सामाजिकरण गतिविधिमा संलग्न ब्यक्तिको प्राथमिकता पहिचान हुने गर्दछ। सामान्यतया,खेलले व्यक्तिको चरित्र,सम्बन्ध,विचार र भावनाहरूलाई मात्र हैन संस्कृती र सामाजिकरण गर्ने कुरामा समेत महत्व बोक्ने गर्दछ।आधुनिक भलिबल खेल गतिविधिले अन्तरदेशिय सु-सम्बन्ध स्थापित गर्न र संस्कार- संस्कृती अदली बदली गर्नमा भूमिका खेल्ने गरेको पाईन्छ । भलिबल खेलको लोकप्रियतासँगै क्षेत्रियता र अन्तर्राष्ट्रिय संगठन समेत स्थापित भएका छ्न।खेलको विकाससँगै भलिबल खेलको राष्ट्रिय,क्षेत्रीय र विश्व स्तरीय प्रतियोगिताहरु नियमित हुँदै आएका छन्।गृस्मकालिन ओलम्पिक खेलमा समावेश भलिबल खेलले आधुनिक खेलजगतलाई उपलब्धीमुलक बनाएको छ। भलिबल खेलको प्रादुर्भाव भलिबल खेल सन १८९५ फेब्रुअरी ९ मा संयुक्त राज्य अमेरिका स्थीत होलीक,म्यासाचुसेट्समा पहिलो पटक आयोजना भएको थियो।

विलियम जी मोर्गन भलिबल खेलको आविष्कारकको रूपमा इतिहासमा आएका छन। जसलाई उनले शुरुआतमा "मिन्टनेट" भन्ने नाम दिएका थिए। यस खेलका संस्थापक मोर्गन अमेरिकाको न्युयोर्क स्थित व्यायामशाला वाईएमसीए संस्थामा शारीरिक शिक्षा निर्देशकको रूपमा कार्यरत रहदा बास्केटबल, ह्यान्डबल टेनिस,ब्याडमिन्टनबाट निकै प्रभावित थिए। वाईएमसीएमा रहदा सबैका लागि उपयुक्त नयाँ खेल सिर्जना गर्ने होडका बीच मोर्गनले भलिबल खेलको रचना गरेका थिए। विशेषत:आ-आफ्नो समुहमा रहेर कसरी खेल कौशलता प्रस्तुत गर्ने,खेल प्रदर्शनलाई कसरी रोमाञ्चक बनाउने भन्नेमा मोर्गनले छलफल गरेर खेलको ढाचा तयार पारेका थिए।बास्केटबल खेलका संस्थापक जेम्स नामिस्टसँग सैद्धान्तिक बहस गरिसकेपछी मोर्गनले भलिबल खेलको प्राविधिक पक्षको मौलिकपन तयार गरेका हुन। भलिबललाई शुरुवाती दिनहरुमा मिन्टनेट भनेर चिनिथ्यो।ब्याडमिन्टन खेल बराबर क्षेत्रफल र एकपक्षीय टिम जस्ता समानता देखिएकाले नामको बिषयमा मोर्गानले छलफल शुभारम्भ गरेका थिए।यद्यपि,अल्फ्रेड हल्स्टेडले पछि यसलाई सैद्धान्तिक र प्राविधिक गुणसँग निहित हुनका साथै उच्चारणमा समेत सहजता देखिएकाले स्थापनाको एक बर्ष नपुग्दै "मिन्टनेट"को नाम परिवर्तन गरेर "भलीबल" घोषणा गरे। भलिबल खेलमा एक उच्च जालबाट अर्को पक्षको जमिन अवतरण गराउनु मोर्गनको खेल प्रेरित उदेश्य थियो ।भलिबल खेलमा प्रदर्शनमा रौंनकता र रोचकताको आकर्षणले उत्साह पुर्ण स्विकार गरेका छन। शुरुवातमा कमजोर युवा पुरुषहरू,गैर-एथलेटिक वयस्कहरू,बुढा वयस्कहरू र महिलाहरुको सहभागीतामा खेल सुचारु गरेको थियो।तर उनीहरु मात्रको सहभागीताले भलिबल खेलमा उत्साह महशुस नहुने बोध गरेकाले संस्थापक मोर्गनले खेलको बारेमा ब्यापक रूपमा अनुसन्धान जारी राखे र उमेर वा शारीरिक क्षमताले फरक नपार्ने गरि व्यवहारिक -प्राविधिक स्तरिय खेल निर्माणको आधारशिला तयार पारे । विविधतायुक्त भलिबल खेल।

क) भलिबल खेल(Regular Vollyball)

ख)बिच भलिबल खेल(Beach Vollyball)

ग)पार्क भलिबल खेल(Park Vollyball)

घ) हिउ भलिबल खेल(Snow Vollyball)

भलिबल खेलमा मनोरञ्जनात्मक साथै बाताबर्णिय अनुकूलनमा खेलाडीको संख्यात्मक आधारमा कौशलता र क्षमतालाई मध्यनजर राख्दै भलिबल खेलको विकास भएको देखिन्छ।ऎतिहासिक,सास्कृतिक र वातावरणीय पक्ष सग भलिबल खेललाई रोमान्चक र आकर्षण बढाउन भलिबल खेलको नवीनतम बिकास भएका छन।

 

 

 

धेरै पढिएको