News Desk
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा आईतबारबाट शुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।
रातो मच्छिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ। रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चतुर्थीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।
रथयात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्वबैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरू सहभागी छन।