बजेट बारे पूर्व अर्थमन्त्री एवम अर्थविद्सँग छलफल चलाउदै भरतमोहन स्मृती फाउण्डेशन
Devil Singh Rajput
Apr-29 , 2020 तारिख 11:29 बिहान

काठमाडौं- पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व. भरतमोहन स्मृती फाउण्डेशनले आसन्न बजेट बारे पूर्व अर्थमन्त्री अर्थविद् एवम् नेताहरु बीच छलफल चलाउने भएको छ । फाउण्डेशनले स्वर्गिय अधिकारीको ८५ औ जन्म दिवसको अवसर पारेर यहि वैशाख २० गते भर्चुअल भिडियो कंन्फ्रेन्स मार्फत छलफल कार्यक्रम संचालन गर्न लागेको हो । जसमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाश चन्द्र लोहनी र सुरेन्द्र पाण्डे अर्थविद्हरु डा. गोविन्द बहादुर थापा, डा. चन्द्रमणि अधिकारी, डा. डिल्ली खनाल, केशव आचार्य, स्वर्णिम वाग्ले, विश्व पौडेल, लालबाबु यादव, रामकुमार फुँयाल र महिला नेत्री राम कुमारी झाक्री वत्ताका रुपमा रहने तय भएको छ । आ व २०७७/ ०७८ को बजेट ल्याउने तयारीमा सरकार जुटिरहेको अवस्थामा कोभिड १९ बाट उत्पन्न पछिल्लो परिस्थितको बिषयमा गहन छलफल गरि सरकारलाई सहि मार्गनिर्देश गर्न सकियोस् भन्ने हेतुले छलफल कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले बताईन् । अहिलेको परिस्थितीमा बजेटको आकार कस्तो हुनुपर्छ र प्राथमिकता के रहनुपर्छ भन्ने बिषयमा छलफल केन्द्रित रहने फाउण्डेशनकी सदस्य लिमा अधिकारीले जानकारी दिएकी छिन् । साथै,छलफल दिउँसो तीन बजेबाट शुरु हुने पनि उनले जनाईन् ।

धेरै पढिएको