लिसंखुमा दुईदिने स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुने
News Desk
Feb-15 , 2023 तारिख 08:25 बिहान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक स्थित लिसंखु पाखार गाउँपालिका वडा न २मा यहि फागुन १९ र २० गते स्त्रीरोग सम्बन्धी बृहत स्वास्थ्य शिविर संचालनमा हुने भएको छ।शिविर लिसंखु महिला बचत तथा ऋण सहकारी लिमिटेडको पहलमा लिसंखु स्थित हेल्थ पोस्टमा आयोजना हुने भएको हो। स्वास्थ्य शिविर परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीको प्राविधिक सहयोगमा आयोजना हुन लागेको सिन्दुपाल्चोक प्रदेश क कि सभासद माइली तामाङले जानकारी गराउनुभयो।

आज परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डाक्टर पवनजंग रायमाझी र सभासद माइली तामाङ बीच सहमति सम्झौता भएको छ । सोही अवसरमा निर्देशक डाक्टर पवनले ग्रामिण क्षेत्रमा सेवा गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्नुहुँदै निरन्तरता दिन आफुसधै सकारात्मक रहेको बताउनुभयो । सभासद तामाङका अनुसार ग्रामिण इलाकामा महिलाहरुमा हुने सक्रमण रोग तथा गम्भीर प्रकृतीका रोगको रोगथाम र उपचारमा सहजीकरण गर्न अस्पतालको भुमिका बिशेष रहने धारणा व्यक्त गर्नुभयो ।

आयोजकका अनुसार स्त्रीरोग सम्बन्धि शिविर संचालन गर्न प्रदेश स्वास्थ्य विभाग ,लिसंखु पाखार गाउँपालिका एवम् वडाकार्यलय २ को बिशेष सहयोग रहनेछ ।

Related Post