पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु
News Desk
Dec-07 , 2023 तारिख 08:28 बेलुका

ग्लोबल कलेजको आयोजनामा पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।’नवीनता, दिगोपन र अग्रगामी विकासका लागि व्यवस्थापन र प्रविधिको एकीकरणको उदीयमान बहस र अभ्यास’ विषयमा आयोजना गरिएको उक्त सम्मेलनको उदघाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्राध्यापक देवराज अधिकारीले गर्नुभएको हो । सम्मेलनमा विभिन्न देशका वक्ताहरूको उपस्थिति रहेको ग्लोबल कलेजले जनाएको छ । विभिन्न १८ देशका विद्वान्, प्राध्यापक, अनुसन्धानकर्तालगायतका व्यक्तिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहमा युनिसेफकी प्रतिनिधि एलिस एकुंगा, एआई विशेषज्ञ प्राध्यापक सुरेश मानन्धर, मिड वेस्ट युनिभर्सिटीका उपकुलपति नन्दबहादुर सिंहले भनाइ राख्नुभएको थियो ।

कार्यक्रमको पहिलो दिन विभिन्न देशका आठ जना मुख्य वक्ताहरूले व्यवस्थापन र प्रविधिसँग जोडिएको विभिन्न विषयमा आफ्ना भनाइहरू राखेका छन् । भोलि समापन हुने सम्मेलनमा बजार व्यवस्थापन, उद्यम र प्रविधि एकीकरण व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, बैंकिङ, वित्त र बीमा व्यवस्थापनजस्ता विषयमा समानान्तर सत्र संचालन हुने ग्लोबल कलेजले जनाएको छ ।

धेरै पढिएको

Related Post