स्वास्थ्य बिमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एकसय रुपैयाँ शुल्क निर्धारण
News Desk
Jan-20 , 2024 तारिख 06:29 बिहान

स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक संस्थाका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बिमामा आबद्ध बिमितलाई स्वास्थ्य बिमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एकसय रुपैयाँ शुल्क निर्धारण गरेको हो।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको हो। निर्धारण गरिएको  यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोधसमेत गरेकोछ।

 

धेरै पढिएको

Related Post