News Desk
पश्चिमी समाज र विवाह संस्कार
पश्चिमी समाजमा विवाहको अवधारणा हिन्दू संस्कृतिभन्दा भिन्न छ। विवाहभन्दा पनि ंलिभ-इन रिलेशनशिपं लाई प्राथमिकता दिने यो समाजमा एक मात्र जीवनसाथीसँग सम्बन्ध राख्ने परम्परा निकै दुर्लभ छ। सम्बन्धलाई स्थायित्व दिनेभन्दा व्यक्तिगत स्वतन्त्रतालाई जोड दिने यो संस्कृतिले पारिवारिक संरचनामा ठूलो प्रभाव पारेको छ।
के हामी पनि त्यस्तै समाज निर्माण गर्न चाहन्छौं?
हाम्रो हिन्दू समाज नारी सम्मानको धरोहर हो, जहाँ स्त्रीलाई देवीको रूपमा पूजिन्छ। तर समानताको नाममा परिवारलाई विभाजन गरिँदैछ, पश्चिमी प्रभावका कारण हाम्रो परम्परागत मूल्यहरू कमजोर बनिरहेका छन।
सन्त भ्यालेन्टाइनको योगदान र भ्यालेन्टाइन डेको इतिहास
रोमन सम्राट क्लोडियसको शासनकालमा, विवाहलाई हतोत्साहित गर्ने नीति अपनाइयो, जसलाई तोड्न सन्त भ्यालेन्टाइनले महत्वपूर्ण भूमिका खेले। उनले प्रेमको पवित्रतालाई कायम राख्न, एक पुरुष र एक महिलाबीच विवाहको अवधारणालाई समर्थन गरे। उनको यही सोचका कारण उनलाई १४ फेब्रुअरी ४९८ ई।स।मा मृत्युदण्ड दीयो। उनका अनुयायीहरूले उनको सम्झनामा प्रेम दिवस मनाउन थाले, जुन आज ंभ्यालेन्टाइन डें को रूपमा विश्वभर प्रचलित छ।
भ्यालेन्टाइन स्वयंले हिन्दू धर्म र संस्कृतिबाट प्रभावित भएर नै विवाह संस्कारलाई समर्थन गरेका थिए। उनले पश्चिमी समाजमा विद्यमान विकृत परम्परालाई चुनौती दिएका थिए। तर आजको दिनमा, भ्यालेन्टाइन डे प्रेमको सट्टा अराजकता र अनैतिक सम्बन्धहरू प्रोत्साहित गर्ने माध्यम बन्दै गएको छ।
हिन्दू समाजमा प्रेम र विवाहको परम्परा
हाम्रो सनातन हिन्दू संस्कृतिमा विवाहलाई अत्यन्तै पवित्र बन्धनका रूपमा लीन्छ। विवाह केवल दुई व्यक्तिको मिलन मात्र होइन, यो दुई परिवारको सम्बन्ध पनि हो।
राम-सीता, शिव-पार्वती, राधा-कृष्ण जस्ता प्रेरणादायी प्रेम कथाहरू हाम्रो संस्कृतिमा छन।
फागु पूर्णिमा (होली), शिवरात्रि, हरितालिका तीज जस्ता पर्वहरू प्रेम र समर्पणका प्रतिक हुन।
तर, वर्तमान समयमा हाम्रा युवा पुस्ताले यी पर्वहरू भन्दा पश्चिमी प्रभावलाई बढी प्राथमिकता दिन थालेका छन। १४ फेब्रुअरी जति याद गरिन्छ, त्यति नै कृष्ण जन्माष्टमी, रामनवमी, जनै पूर्णिमा जस्ता महत्वपूर्ण दिनहरूको जानकारी छ? यो हाम्रो संस्कृति विस्मृत गर्ने लक्षण हो।
हाम्रो पहिचान र संस्कृति रक्षा गर्नुपर्छ
पाश्चात्य संस्कृतिको अन्धानुकरणले हाम्रो मौलिक पहिचानलाई नै संकटमा पार्नेछ। आधुनिकताको नाममा आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सनु मूर्खता मात्र हुनेछ। हामीले हाम्रो मौलिकता जोगाउँदै प्रेमको सन्देश दिनुपर्छ, जुन हाम्रा संस्कारमै समाहित छ।
हाम्रो प्रेमको परिभाषा केवल एक दिनमा सीमित छैन, हरेक दिन नै भ्यालेन्टाइन डे हो। प्रेम, परिवार, संस्कार र समर्पणको भावनाले हाम्रो समाजलाई मजबुत बनाउँछ। त्यसैले, विदेशी पर्वहरूको नक्कल गर्ने होइन, आफ्ना मौलिक परम्पराहरूलाई सम्मान गर्ने बानी बसाल्नुपर्छ।
हाम्रो दैनिक जीवन का आचरण हुन् प्रेम! हाम्रा हरेक दिन भ्यालेन्टाइन डे हुन् ! फागु पुर्णिमा होली,शिव रात्री ,हरितालिका तिज ,तथा सम्पुर्ण पर्व हरु नै हाम्रा भ्यालेन्टाइन डे हुन् भन्दा फरक नपर्ला !
हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ त्यो नै भ्यालेन्टाइन डे हो जो जुनी जुनी लाई कसम हुन जान्छ !
कसलाई के थाहा भ्यालेन्टाइन डे को कार्ड मा लेखिने "Would You Be My Valentine " को अर्थ "के तपाईं म सँग बिहे गर्नु हुन्छ "? ना कि प्रेम प्रस्ताव हामी नयाँ पिंढीहरुलाई ,जनै पुर्णिमा ,कृष्ण जन्माष्टमी, रामनवमी तथा शिव रात्री कुन दिन पर्छ शायदै थाहा होला तर १४ फरबरी भ्यालेन्टाइन डे हो, भन्ने सबलाई थाह छ । प्रेम र भक्तिका प्रेरणास्रोत सीता राम ,शिव पार्वती ,श्री राधाकृष्ण जस्ता जीवन्त उदाहरण हाम्रो संस्कृतिमा छन् तर पनि हामीलाई भ्यालेन्टाइन डे चाहिएको छ।
हाम्रो समाज र संस्कारको लागी अत्यन्तै घातक यो छ कि हामीले आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जानु विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जानु छाडा प्रवृत्तिको विकास हुँदै जानु ,आफ्नो गुरु र बाबा आमालाई नमान्ने अरु विभिन्न दिवस मनाउँदै जाने प्रचलनको विकास हुनु
आफ्ना परापुर्व काल देखि चल्दै आएको धर्म संस्कृतिको महानता तथा महत्वलाई बिर्सेर पश्चिमी सभ्यता–संस्कृतिको नक्कल गरेर आफूलाई आधुनिक ठान्नु मुर्खता हो हो कि होइन ? अनि हामी आफ्नो पहिचानलाई बिर्सदै छौँ। आफ्नो पहिचान भन्नु नै आफ्नो संस्कृति र परम्पराहरू हुन्। हामीले कहिले बुझ्ने?
हाम्रो फागुन भरि प्रेम रसका गित गाई फागु खेल्ने लाई हामी छाडा भन्यौ तर आज प्रपोज डे , चकलेट डे ,हग डे ,रोज डे भन्दै यहि समय लाईनै किन अगाडि बडाइएको छ ?
बिचार र मनन् गरौ है आफ्नो संस्कृति को ।
सबैलाई चेतना भया ।
अन्तमा फागुमय दिनको शुभकामना यो संस्कृत श्लोकबाट
सर्वासां रसिकानां च देवीनामीश्वरी परा ।
प्रवदन्ति पुरा सन्तस्तेन तां रसिकेश्वरीम् ।
हामीले भ्यालेन्टाइन डेको साँचो अर्थ बुझ्नुपर्छ। प्रेम सधैं पवित्र रहोस्, हाम्रो संस्कृति सधैं जोगाइरहोस। सबैलाई चेतना भया!
लेखकः सेफ लक्ष्मण भण्डारी - 'खाने कथा भान्सालय'का अनुसन्धानकर्ता तथा अभियानकर्ता।