Devil Singh Rajput
धनगढी : कैलालीमा एटीएमबाट रकम चोरीको प्रयास भएको छ। जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट रकम चोरीको प्रयास भएको हो। ईलाका प्रहरी कार्यालय माखाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले राति ११ बजेको समयमा एटीएममा रहेको रकम चोरीको प्रयास भएको बताए। कैलाली जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएम। उनका अनुसार एटीएम तोडफोड गरिएको छ। एटीएम भित्र १६ लाख भन्दा बढि रकम रहेको र सबै रकम सकुसल रहेको बैंकले जनाएको छ। विष्ट उक्त कार्यमा संग्लग्नको खोजी भईरहेको बताए। यो समाचार तयार पार्दासम्म प्रहरीले एटीएम तोडफोडमा संलग्नहरुको पहिचान गर्न सकेको छैन ।