वडाध्यक्ष न्यौपानेमाथि कुटपिट
Devil Singh Rajput
Apr-30 , 2020 तारिख 02:08 बेलुका

वडाध्यक्षमाथि कुटपिट भएको छ । कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको हो ।

घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो ।

मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको हो ।

बुधबार साँझ वडाको बैठक सकेर फर्किने बेला युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका अध्यक्षमाथि कुटपिट भएको गाउँपालिका अध्यक्ष खड्ग सेजुवालले बताए ।

धेरै पढिएको