आइएमइ इन्स्योरेन्स हेटौँडा शाखाको पिपिई सेट सहयोग
Devil Singh Rajput
Apr-29 , 2020 तारिख 11:52 बिहान

१६ बैशाख, हेटौँडा ।कोरोनाको जोखमलाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाको ३ वटा वडा अन्र्तगत रहेका स्वास्थ्य चौकीलाई पिपिई सेट सहयोग गरिएको छ ।  
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५, वडा नम्बर १५ र वडानम्बर १८ को स्वास्थ्य चौकीलाई व्यक्तीगत सुरक्षा उपकरण पिपिई सेट सहयोग गरेको हो ।इन्स्योरेन्स कम्पनीले हेटौंडा ५ नम्बर वडाका वडा अध्यक्ष राजेश बानियाँ,हेटौंडा १५का वडा अध्यक्ष महारत्न लामा र हेटौंडा १८का वडा अध्यक्ष अनिल बानियाँ मार्फत सम्बन्धीत वडाको स्वास्थ्यचौकीलाई एक एक थान पिपिई सेट सहयोग गरेको हो ।
कोरोना भाइरसको नियन्त्रणमा खेटिने स्वास्थ्यकर्मी जोखिमबाट बच्न सहयोग मिलोस भन्दै एक एक थान पिपिई सेट सम्बन्धीत वडाको स्वास्थ्यचौकीलाई सहयोग गरेको ईन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर योग्यराज सापकोटा (विदुर)ले बताएका छन ।पिपिई हस्तानतरण कार्यक्रममा वडासदस्य र इन्स्योरेन्सका सहायक शाखा प्रमुख केबल बानियाँको उपस्थित रहेको थियो । कम्पनीले यस अघि हेटौँडा १४ र ४ का स्वास्थ्य चौकीलाई पिपिई सेट सहयोग गरेको थियो ।