News Desk
-सरोज ओझा
जाजरकोटलाई केन्द्रविन्दु बनाएर हालै पश्चिम नेपालमा गएको भूकम्पको घाउ आलै छ । भूकम्प सामान्यस्तरको भएपनि त्यसबाट भएको धनजनको क्षती भने ठुलै छ । हजारौ नागरिकहरु घरबारविहिन भएका छन । यो कठयाङरिदो जाडोमा चिसो सिरेठो खाँदै हजारौको संख्यामा जाजरकोट एवम रुकुमबासीहरु पालमुनी बस्न वाध्य छन । गतिलो ओत बिना खुला आकाशमुनी बास गुजार्दै गर्दा कठयाङ्रिएरै कयौँ भूकम्प पिडितहरु व्यर्थमा जीवन फाल्न वाध्य छन । आजको मितिसम्म केहीले हेर्न बिसेकका केही अस्थायी संरचना बाहेक कयौले घरबारविहिनताको स्थिती माझ नै रात काटिरहेका छन । यो कारूणिक दृष्य वास्तवमै हृदय विदारक छ । भूकम्प प्रभावित क्षेत्रमा पुगेका हरकोही पिडितको अवस्था देखेर भावविव्हल बनेर फर्कन्छन ।
विभिन्न रिसर्चहरुले नेपाल भुकम्पिय जोखिमयुक्त क्षेत्र रहेको औल्याउदै आएको पाईन्छ ।पछिल्ला बर्षहरुमा नेपाल भूकम्पहरूका कारण चर्चामा आईरहेको छ। इन्डियन र युरेशियन टैक्टोनिक प्लेटहरूको सङ्गम नेपाल भएकाले यहाँ बारम्बार भूकम्प जान सक्ने उच्च जोखिम रहेको विज्ञहरुले बताउदै आईरहेका छन।तसर्थ भूकम्पबाट हुन सक्ने मानविय तथा भौतिक क्षतिलाई कम गर्न सरकार र आम नागरिक सबै सचेत हुन आवश्यक छ । र भूकम्पको प्रभावलाई न्यूनीकरण गर्न ध्यान दिनु पर्ने प्रमुख क्षेत्रहरूमध्ये एक आवास हो भन्ने प्रति हाम्रो ध्यान जान नितान्त जरुरी छ ।
नेपालको ग्रामीण क्षेत्रका परम्परागत आवास, मुख्यतया माटो र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूद्वारा निर्माण गरिएका हुन्छन । कम रेक्टरको भूकम्प आउँदा पनि यस्ता संरचनाहरु भत्कने उच्च जोखिम रहन्छ । उचित निर्माण प्रविधिको अभाव र कमजोर भवन संहिताले यी संरचनाहरूको जोखिमलाई अझ बढाउँछ।
भूकम्पको प्रभाव र नेपालका लागि सुरक्षित र प्रतिरोधी कोठाहरूमा ध्यान दिदै देखासिकीलाई हामीले छाडनुपर्छ । प्राथमिकतापूर्वक नविन प्रविधि अबलम्बन गर्ने बानी बसाल्न राज्यले यस्ता सुरक्षित प्रविधिलाई सहुलियतको व्यवस्था गरेर मात्रै पुग्दैन सरकारको प्रयासका अतिरिक्त, जनचेतना र शिक्षाले नेपालमा आवास सुरक्षा बृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। भूकम्पको पूर्वतयारी र उचित निर्माण प्रविधिको बारेमा व्यक्तिहरूलाई शिक्षित गराउनु समुदायहरूलाई सक्रिय उपायहरू लिनको लागि सशक्त बनाउन पनि उत्तिकै आवश्यक छ। गैरसरकारी संस्था र सामुदायिक संस्थाहरू भूकम्प प्रतिरोधी आवासको बारेमा सचेतना अभियान सञ्चालन, तालिमको आयोजना र सूचना प्रवाह गर्न सक्रिय रूपमा लाग्न जरुरी देखिन्छ।
यसबाहेक, नेपालले विद्यमान निर्माण प्रविधिलाई सुधार गर्न र भूकम्प प्रतिरोधी आवास विकल्पहरू डिजाइन गर्न अनुसन्धान र विकासमा लगानी गर्न आवश्यक छ। हालका वर्षहरूमा, वैकल्पिक निर्माण प्रविधिहरू जस्तै प्रबलित कंक्रीटको प्रयोग, स्टिल फ्रेमहरू, र पूर्व-इन्जिनियर भवन प्रणालीहरूले भूकम्पीय शक्तिहरूको सामना गर्ने क्षमताको कारणले लोकप्रियता हासिल गरेको छ। यी प्रविधिहरूलाई शहरी र ग्रामीण दुवै क्षेत्रमा अपनाउन प्रवर्द्धन गर्दा नेपालको आवास स्टकको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ। अन्य धेरै विकासोन्मुख राष्ट्रहरू जस्तै नेपालले पनि आफ्नो जनसंख्याका लागि सुरक्षित र लचिलो आवास सुनिश्चित गर्न महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको अवस्थामा हाल प्रयोगमा रहेका परम्परागत तथा पिलर वा वाल सिस्टमका घर बनाउने जुन चलन छ त्यसमा पुनर्विचारको खाँचो छ ।
हाल नेपालमा पनि आवास निर्माणमा नविन प्रविधिहरुको प्रयोग हुँदै आएको छ । इट्टा र माटो बिना लाइट गेज स्टिलबाट सुरक्षित आवास बनाउने एलजिएस प्रविधिको डिमाण्ड नेपालमा बढदै गईरहेको पाईन्छ । यस प्रविधिबाट पच्चिस तिस तलासम्मको अत्यन्तै सुरक्षित अर्थात भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न सकिने भएकाले यसको माग अहिले नेपालमा बढन थालेको इन्जिनियरहरुले बताउदै आएको पनि सुनिन्छ। एलजिएस प्रविधिको बिशेषता भन्नुपर्दा यसको माध्यमबाट कम लागतमा, कम समयमै, वातानुकुलित, अत्यन्तै सुरक्षित आकर्षक घर तथा आवास निर्माण गर्न सकिन्छ । ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प आयो भने पनि थेग्न सक्ने र न्युन मात्रै क्षति हुने यस्तो प्रविधिको प्रयोगमा संघिय देखी स्थानीय सरकारसम्मले प्राथमिकता दिन जरुरी छ । यस प्रकारका घरहरु सार्न समेत मिल्ने हुँदा यो जस्तो लचिलो अरु कुन प्रविधि होला ? । नेपालमा फयुचर वर्क्स अमेरिकाको नविन प्रविधिले आम उपभोक्ताको ध्यान खिचिरहेको आवास विज्ञ तथा इन्जिनियरहरुले बताउदै आएका छन । तसर्थ पनि यस्ता प्रविधिहरुलाई राज्यले बढवा दिदै जानु पर्छ । आखिर जिउधनको सुरक्षा पनि हुने र किफायती घर पनि बन्ने हुँदा यो एउटा उत्तम विकल्प हुन सक्छ । हाल भुकम्प प्रभावित पश्चिम क्षेत्रमा नेपालगंज, कोहलपुरबाट लामो दुरी तय गरेर धेरै संख्यामा निर्माण सामाग्रीहरु लानुपर्ने झंझट वा सास्ती पनि हुँदैन । अहिले देखि नै तयारी गर्दा बर्खायाम आउनु पूर्व नै छोटो समयमै सुरक्षित घरमा सर्ने सर्न पनि सकिन्छ । हुन त इन्जिनियरिङ्ग सहि भयो भने कंक्रिटका पक्की भवन पनि सुरक्षित हुन्छन्, यद्यपि समय, लागत लगायतका गुणका कारण एलजिएस प्रविधि नविन विकल्प मध्येको राम्रो रोजाई बन्न सक्छ । अझ फुस्रे माटो भएको ठाउँमा जोखिम अझ बढि रहने हुँदा सुरक्षाका दृष्टिले एल जि एस, प्रिफ्याब प्रविधि निकै प्रभावकारी हुन सक्छ ।
अन्य सवालमा कुरा गर्नु पर्दा सबै नेपाली नागरिकहरूको लागि किफायती र सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्न प्राथमिकता हुनुपर्छ। सरकारले भूकम्प प्रतिरोधी मापदण्डहरू पूरा गर्न मानिसहरूलाई उनीहरूको घर पुनर्निर्माण वा पुनः निर्माण गर्न प्रोत्साहित गर्न नवप्रवर्तनात्मक वित्तिय संयन्त्रहरू खोज्नुपर्छ र अनुदान उपलब्ध गराउनुपर्छ। निजी क्षेत्रका संस्थाहरू र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यले यी प्रयासहरूलाई समर्थन गर्न स्रोत र विशेषज्ञता परिचालन गर्न मद्दत गर्न सक्छ।
अन्तमा, भूकम्पप्रति नेपालको संवेदनशीलताले आवास सुरक्षा र लचिलोपन सुधार गर्न व्यापक उपायहरू आवश्यक छ। सरकारले विभिन्न सरोकारवालाहरूसँग मिलेर भूकम्प प्रतिरोधी भवन संहिताको कार्यान्वयन, अनुसन्धान र विकासमा लगानी, जनचेतना अभिवृद्धि र किफायती र सुरक्षित आवास विकल्पहरूको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्छ। यी कदमहरू चालेर नेपालले भविष्यमा आउने भूकम्पका विनाशकारी प्रभावहरूलाई न्यूनीकरण गर्न र आफ्ना नागरिकहरूको जीवन रक्षासँगै धनसम्पत्ति क्षति हुनबाट रोक्न सकिन्छ ।