राजावादी सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित
News Desk
Mar-09 , 2025 तारिख 06:27 बिहान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालका लागि ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरेको छ।

फागुन १२ गतेबाट सुरु गरेको अभियान दरबारियाहरू सल्बलाउन थालेकाले तत्कालका लागि स्थगित गरिएको माओवादीका महासचिव देव गरुङले थाहाखबरलाई जानकारी दिए।

 उनले भने, ँदरबारियाहरू सल्बलाइरहेको र सरकार मुकदर्शक बनिरहेको अवस्थामा मुलुकको रक्षाका लागि छलफल गर्नुपर्ने भएकाले अहिलेलाई अभियान स्थगित गरेका हौँ।ँ

मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटा भन्छन्, “सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ। 

उनले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपर्ने र तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको बताए। प्रवक्ता सापकोटाले आगामी चैत महिनाको सुरुआतदेखि पुनःअभियान सञ्चालन गरिने बताए।

झापाबाट सुरु भएको अभियान आज रौटहत पुगेर स्थगन भएको हो। अभियान स्थगित भएसँगै माओवादी केन्द्रले आइतवार पदाधिकारी बैठक बोलाएको छ। 

अभियानअन्तर्गत आज रौतहत केन्द्रीत कार्यक्रम आयोजना गरिएको थियो। पार्टीले आइतवार पर्सा र सोमवार चितवनमा अभियानअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो।

 

धेरै पढिएको