News Desk
पार्टी राजनीतिमा पुनः सक्रिय हुने तयारीमा रहँदा नेकपा एमाले नेतृत्व स्वयं बाधक बनेको अवस्थामा पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि नहट्ने स्पष्ट संकेत दिनुभएको छ।
मंगलबार आफ्नै निवासमा केही पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले सक्रिय राजनीतिमा आफू पहिले नै अघि बढिसकेको उल्लेख गर्नुभयो। “अब खुट्टा कमाउने अवस्थामा छैन,” भन्दै उहाँले आफ्नो अडान दोहोर्याउनुभयो।
साथै, उहाँले आफ्नो पक्षमा बोल्ने व्यक्तिहरूमाथि डर त्रास सिर्जना गर्न खोजिएकोप्रति गम्भीर आपत्ति प्रकट गर्नुभयो।
भण्डारीले राष्ट्रपतिको कार्यकालमै पार्टी राजनीतिमा फर्किने विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइसकेको दाबी समेत गर्नुभएको छ।