News Desk
न्यायाधीश हिमलाल बेल्बासे को एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने निर्णय गर्दै अन्य दुई अभियोग हटाउने आदेश दिएको हो।
अदालतले लामिछानेसँगै जिबी राई र छविलाल जोशी विरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग संशोधनमार्फत खारेज गरेको जनाएको छ।
आदेशमा बचतकर्ताको जाहेरी मुख्यतः सहकारी ठगीसँग सम्बन्धित रहेको उल्लेख गर्दै, संशोधनपछि पनि सहकारी ठगीतर्फको अभियोग कायम रहने स्पष्ट गरिएको छ।
अदालतले यदि सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा कायम रहे मिलापत्र प्रक्रिया तथा बचतकर्ताले बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने उल्लेख गरेको छ।