News Desk
काठमाडौं । एमाले सचिवालय बैठकमा केही नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने केही नेताहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
यद्यपि, केही नेताहरूले भने वर्तमान नेतृत्वलाई अझ सशक्त बनाएर पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
बैठकमा महासचिवसहित तीन जना उपमहासचिव र पाँच जना सचिवहरूले आफ्नो धारणा राखेको जानकारी उपमहासचिव Lekharaj Bhatta ले दिएका छन् ।
उपमहासचिव भट्टले शुक्रबारको बैठकका छलफलहरू अतिरञ्जित ढंगले बाहिर आएको उल्लेख गर्दै बैठकभित्र हुने बहस र छलफललाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
सचिवालय बैठक आइतबार पुनः बस्ने कार्यक्रम रहेको छ । बाँकी चार जना सचिवहरूको धारणा सुनेपछि अध्यक्ष ओलीको जवाफसँगै बैठक सम्पन्न हुने बताइएको छ ।