News Desk
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा क्षेत्रमा रहेको सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार नदीमा नुहाउन गएका उनीहरू डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र वडा नं. ५ बन्दीपुरका १० वर्षीय युकेश विक रहेका छन् ।
प्राप्त जानकारीअनुसार नुहाउने क्रममा नदीको गहिरो भागमा पुगेपछि दुवै बालक डुबेका थिए । सफल मगरको शव स्थानीयवासीले नदी किनारबाट फेला पारी निकालेका थिए भने युकेश विकको शव विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको उद्धार टोलीले नदीभित्रबाट बाहिर निकालेको थियो ।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।