News Desk
बालमनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको उक्त कृति राजनीतिक संक्रमण र राष्ट्रिय अनिश्चितताका बीच तयार पारिएको बताइएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सम्हालिरहेकै समयमा कार्कीले सिर्जनात्मक लेखनलाई निरन्तरता दिँदै पुस्तक तयार गर्नुभएको जनाइएको छ ।
लोकार्पण कार्यक्रममा बोल्दै कार्कीले पुस्तकले प्रेम, आशा र सकारात्मक सोचको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।
चराचुरुङ्गी तथा जनावरबीचको सम्बन्ध र अन्तरक्रियालाई कथावस्तु बनाइएको उपन्यासमा समानुभूति, सहकार्य, आत्मीयता र पारस्परिक निर्भरताजस्ता विषय समेटिएका छन् । पुस्तकलाई बालपाठकमैत्री बनाउन कौतुहल, रोमाञ्च र मनोरञ्जनात्मक शैली अपनाइएको बताइएको छ ।
यसअघि प्रकाशित कार्कीका ‘न्याय’ नामक संस्मरण र ‘कारा’ उपन्यास नेपाली साहित्यमा अत्यधिक रुचाइएका तथा सर्वाधिक बिक्री भएका कृतिमध्ये पर्छन् ।