युवा अपाङ्ग संगठन-नेपाल (डायो) द्वारा आयोजित बेसिक मोबाईल मर्मत तालिम समापन
News Desk
May-25 तारिख 05:35 बिहान • आज

जेठ १० गते, काठमाडौं । युवा अपाङ्ग संगठन-नेपाल (डायो) द्वारा आयोजित बेसिक मोबाईल मर्मत तालिम समापन भएको छ । 

संगठनले विगत १६ वर्ष देखि अपाङ्गता भएका व्यक्तिहरुका लागि उद्यमशिलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत सशक्तिकरण तथा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले अपांगता न्युनिकरण तथा अपांगता भएका व्यक्तिहरुको हक, अधिकारको पैरवी गर्दै आएको छ । 

बेसिक मोबाईल मर्मत तालिम चैत १८ गते देखि जेठ ८ गतेसम्म गोकर्णेश्वर–६, जोरपाटीमा सञ्चालन गरिएको थियो । तालिम समापनको अवसरमा आज मुक्तिनाथ विकास बैंकको सहयोगमा संगठनले १२ थान ह्विलचियर समेत वितरण गरेको छ । 

समापन कार्यक्रम संगठनका अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा गोनपा ६ का वडा अध्यक्ष नवराज लामा, व्यवसायी तथा समाजसेवी मधु क्षेत्री, अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बु, समाजसेवी शम्भुप्रसाद अधिकारी, मुक्तिनाथ विकास बैंक बौद्ध शाखाका म्यानेजर अर्जुन श्रेष्ठ, मुक्तिनाथ विकास बैंक केन्द्रीय कार्यालयका प्रतिनिधि नम्रता गौतम लगायतको आतिथ्यता रहेको थियो । 

तालिम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयमा भएको थियो ।