News Desk
नेपाल प्रिमियर लिग (NPL) मा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्दै उत्कृष्ट प्रदर्शनका साथ चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा बलिलो लक्ष्यको पछ्याइरहेको लुम्बिनीले १८।३ ओभरमै जित टुङ्ज्ञ्ाएको हो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले स्थिर र संयमयुक्त ३९ रनको पारी खेले। त्यस्तै सन्दीप जोराले २८ रन, डी आर्की र दिलिप नाथले क्रमशः ११ र १० रनको योगदान दिए। उत्कृष्ट फिनिसिङ गर्दै गुलाबदिन नैव ४४ रनमा अविजित रहँदा टोली सहजै लक्ष्यमा पुज्ञ्ो।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको चितवन राइनोजले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। चितवनका लागि विदेशी खेलाडी रवि बोपरा रातको तारा बने, उनले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रनको दमदार इनिङ्स खेले। सहायक भूमिका निभाउँदै कुशल मल्लले १८ बलमा २१ रन, सैफ जैब १५ रन, देव खनाल १४, र दीपक बोहरा १० रन बनाए।
बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेनले घातक प्रहार गर्दै ३ विकेट झारे। साथै अभिशेष गौतम र गुलाबदिन नैवले २-२ विकेट लिए। उनीहरूको किफायती बलिङका कारण चितवन धेरै ठूलो स्कोर बनाउन सकेन।
यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको थियो। तर दोस्रो खेलमा लुम्बिनीको उत्कृष्ट खेलाडी संयोजन र दबाबपूर्ण प्रदर्शनका कारण चितवनलाई पराजय भोग्नुपरेको हो।
लुम्बिनी लायन्सको यो जितपछि लिग तालिकामा महत्वपूर्ण दुई अंक थपिएको छ, र आगामी खेलप्रति टोली उत्साहित देखिएको छ।