आज​ टियु मैदानमा एनपीएलका दुई रोमाञ्चक खेलहरू हुने
News Desk
Nov-22 , 2025 तारिख 07:30 बिहान

राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू निर्धारित छन्।

पहिलो खेल बिहान ११:१५ बजे सुरु हुनेछ, जहाँ कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। लुम्बिनीलाई रोहित पौडेलले नेतृत्व गर्नेछन् भने कर्णालीको टोली सोमपाल कामीको कप्तानीमा मैदानमा उत्रिनेछ। लुम्बिनी आफ्नो दोस्रो जितका लक्ष्य लिएर मैदानमा आउँदैछ। उनले उद्घाटन खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो। पहिलो खेलमा चितवनसँग हार व्यहेरेको कर्णाली आजको खेलमा पुनरागमनको प्रयास गर्नेछ।

दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच हुनेछ। करण केसीको कप्तानी रहेको काठमाडौँ तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग अप्रत्याशित रूपमा पराजित भएको थियो।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्स भने लगातार दोस्रो जितको खोजीमा छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सहजै हराउँदै आत्मविश्वास बढाएको थियो।

धेरै पढिएको