News Desk
भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि नेपाल समूह ‘च्’ मा ppl परेको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको आधिकारिक खेल तालिकाले नेपालको समूह तथा खेल हुने स्थान स्पष्ट गरेको हो।
समूह ‘च्’ मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन। अन्य समूहहरू हेर्ने हो भने समूह ‘आ’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन। त्यस्तै समूह ‘ब्’ मा अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाब्वे र ओमान परेका छन। समूह ‘ड्’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई समावेश भएका छन।
तालिकाअनुसार नेपालले सबै खेल मुम्बईमा खेल्नेछ। नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग, दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र अन्तिम खेल फेब्रुअरी १७ मा बंगलादेशसँग हुनेछ।
यी सबै खेल नेपालका लागि चुनौतीपूर्ण भए पनि उत्कृष्ट प्रदर्शन गर्ने ठूलो अवसरका रूपमा हेरिएको छ।