एनपीएल २०२५: कार र बाइक कस्ले जिते ?
News Desk
Dec-14 , 2025 तारिख 07:25 बिहान

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो सिजनको समारोहमा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पुरस्कार स्वरूप कार र बाइक वितरण गरिएको छ। 

लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेललाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधिसँगै मुख्य पुरस्कारको रूपमा ओमोदा/ज्याकू J5 कार प्रदान गरिएको छ। उनले यो सिजनमा २७६ रन बनाउने तथा १० विकेट लिने उत्कृष्ट प्रदर्शन गरेका थिए। यसबाहेक उनी ‘बेस्ट ब्याटर’ को रुपमा पल्सर बाइक पनि जितेका छन्। 

त्यस्तै, लुम्बिनीका बोउलर शेर मल्लाले पनि उत्कृष्ट उदीयमान खेलाडीको अवार्डसँगै पल्सर मोटरसाइकल प्राप्त गरेका छन्। बेस्ट बोउलरको उपाधि जित्ने सन्दीप लामिछानेले पनि बाइक पुरस्कार हासिल गरेका छन्। 

यो सिजनको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। विभिन्न पुरस्कार वितरण कार्यक्रममा सञ्चालक, CAN अध्यक्ष तथा मन्त्रीले पुरस्कार विजेतालाई समर्पण गरेका थिए। 

यससँगै रोहित पौडेलको कार र बाइक तथा अन्य उत्कृष्ट खेलाडीको बाइक पुरस्कारले एनपीएल २०२५ को अवार्ड समारोहलाई थप उत्साहपूर्ण बनाएको छ। 

धेरै पढिएको