घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार
News Desk
Oct-23 , 2025 तारिख 06:05 बिहान

काठमाडौँको थलीमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार गर्दा दुवै घाइते भएका छन्।

कागेश्वरी मनोहरा नगरपालिका–५ थलीका ५३ वर्षीय विष्णु उप्रेतीले ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहानको झगडाकै क्रममा विष्णुले छोरा र बुहारीलाई खुकुरीले आक्रमण गर्दा रूबिसको पाखुरा र खुट्टा, र मनिताको औंलामा चोट लागेको हो।

अमेरिकामा बस्दै आएका रूबिस र मनिता दशैँ मनाउन केही दिनअघि मात्रै काठमाडौँ आएका थिए।

धेरै पढिएको