समाचार सबै

आचारसंहिता कार्यान्वयनमा आयोग कडा, उल्लङ्घन नियन्त्रणका लागि निगरानी तीव्र

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन निगरानी तथा नियन्त्रणका गतिविधि तीव्र बनाएको छ। आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।

आयोगले आचारसंहिताको पूर्ण पालना गराउन राजनीतिक दल, उम्मेदवार, संस्था तथा सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ। ती�